सानिमा बैंकको ‘नारी बचत खाता’ संचालनमा

Sanima Nari Bachat khata

१ फागुन २०७६, काठमाडौं ।

सानिमा बैंक लिमिटेडले सानिमा नारी बचत खाता संचालनमा ल्याएको छ । “बचत आफ्नो लागि सहयोग नारीको लागि”भन्ने उद्देश्यका साथ बैंकले ल्याएको यस योजनामा हरेक नारी बचत खाता वापत बैंकले आफ्नो तर्फ बाट मासिक रुपमारु १ विपन्न वर्गका महिलाको उत्थान तथा स्वास्थ्य उपचारमा उपयोग गर्दै आएको छ । महिलाले आफ्नो लागि नारी बचत खाता खोल्दा सो खाताबाट नारीकै हितको लागि रकम प्रयोग गरिने हुनाले हरेक नारीले सानिमा बैंकमा खाता खोल्दा अप्रत्यक्ष रुपमा अन्य विपन्न वर्गका नारीको लागि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस सँगै प्रविधि युक्त बैंकिङ्ग तथा नगद रहित कारोबारलाई प्रोत्साहन गर्नको लागि बैंकका नारी खाता वा हक ग्राहकले बैंकको डेबिट कार्डबाट बिल भुक्तानी गर्दा हरेक शनिबार १५% क्यास ब्याक वा अधिकतम् रु ५०० सम्म छुट प्रदान गर्ने भएको छ ।जसबाट हरेक महिना सामान खरिदमा रु २००० सम्म बचत गर्न सकिनेछ । उक्त क्यास व्याक योजना २०७६ फागुन देखि २०७७ वैशाख सम्म तीन महिनाको लागि लागू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here