एनपीएल: पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी लायन्स शीर्ष स्थानमा
१७ कात्तिक, काठमाडौं।
एनपीएलः पोखरालाई हराएर लुम्बिनी पहिलो स्थानमा
नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो, जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए। पोखराको यो लगातार तेस्रो हार हो।
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएर शिर्ष स्थानमा उक्लिएको छ । तीन खेलमा ५ अंक जोड्दै लुम्बिनी शिर्ष स्थानमा पुगेको हो । पोखराको भने यो ह्याट्रिक हारसहित पुछारमा छ ।
जितका लागि पाएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान गरे । पोखराका विपिन खत्रीले १ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेटको क्षतिमा ९७ रन बनायो ।
जसमा चमिका करूणारत्नेले २५, कप्तान कुशल भुर्तेलले १४ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३, तिलक भण्डारीले २ विकेट लिए । यसअघि आजै भएको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हरायो।
For more: Lumbini Lions Top Table 8-Wicket Win

