बैंकिङ कारोबारका क्रममा समस्या परे गुनासो दर्ता गरौँः राष्ट्र बैंक

२९ वैशाख, काठमाडौं।

नेपाल राष्ट्र बैंकले वित्तीय सेवा वा बैंकिङ कारोबारका क्रममा समस्या परेमा सम्बन्धित संस्थामा गुनासो दर्ता गर्न आग्रह गरेको छ । एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘कुनै पनि वित्तीय सेवा प्राप्त गर्दा आफू ठगिएको शंका लागेमा वा वित्तीय सेवा प्रदायकबारे कुनै गुनासो भएमा सम्बन्धित सेवा प्रदायकको सूचना तथा गुनासो सुनुवाई डेक्समा गइ गुनासो गर्नुपर्दछ, ’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

त्यस्तै वित्तीय सेवा प्रदायकको website मा गुनासो सुनुवाई अधिकारीको नाम , पद र मोबाइल नम्बर समेत राखिएको हुन्छ, सो मार्फत् आफ्नो गुनासो राख्न सकिने छ ।

यदि कुनै पनि वित्तीय सेवा प्रदायकबाट वित्तीय ग्राहकहरुको गुनासो सुनुवाई नभएमा नेपाल राष्ट्र बैंकमा गई अथवा राष्ट्र बैंकको गुनासो सुनुवाई सम्बन्धी अनलाइन पोर्टल https://gunaso.nrb.org.np/मा उजुरी दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here