कृषि बिकास बैंकको भगिनी संस्था कोष ब्यवस्थापन कम्पनीको वेबसाइट सुरु

Agricultural Development Bank (ADBL) Vacancy 2023

१४ साउन, काठमाडौं ।

कृषि बिकास बैंकको भगिनी संस्था कोष ब्यवस्थापन कम्पनीले कम्पनीको वेबसाइट संचालनमा ल्याएको छ  । कम्पनीले www.fmcl.org.np नामको वेबसाइट संचालनमा ल्याएको हो । २०८०/०४/१२ गतेदेखि कम्पनीले आफ्नै वेवसाइटको शुभारम्भ गरी यसका गतिविधीहरु वेवसाइट मार्फत आफ्ना स्टेकहोल्डरहरुलाई जानकारी गराउने कार्यको शुरुवात गरेकोछ ।

कृषि विकास बैंक लिमिटेड, बैंकका कर्मचारीहरु र सर्बसाधारण समेतको सहभागिता रहने गरी बैंकका कर्मचारीहरुको संचयकोषको रकम तथा अन्य पूँजी रकमलाई घर जग्गा ब्यवसाय, संगठित संस्थाहरुको धितोपत्र तथा ऋणपत्रहरु र अन्य संभाब्य क्षेत्रमा लगानी गरी उक्त लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने उद्देश्यका साथ कोष स्थापना भएको हो ।

 २०५० साल चैत्र २३ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०५०/१२/३० गतेदेखि कम्पनी संचालनमा आएको हो ।

यस कम्पनीको प्रबन्धपत्र र नियमावलीमा ब्यवस्था भए अनुसार कम्पनीले स्थापनाकालदेखि नै घरजग्गा खरीद बिक्री, शेयर, वण्ड, डिवेन्चरहरुमा लगानी गर्ने ब्यवस्था गर्दै आइरहेकोमा आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्यले विगत केही बर्षदेखि दोश्रो बजारमा शेयर खरिद बिक्री सम्बन्धी कारोबार गर्दै आइरहेकोछ ।

कोष ब्यवस्थापन कम्पनी लिमिटेडको उद्देश्य, हालसम्म भए गरेका कार्यहरु, विद्यमान कानूनी अवस्था, सम्पति तथा दायित्वको अवस्था, कंपनीका सबल तथा दुर्बल पक्षहरु, अवसर तथा चुनौतिहरु, ब्यवस्थापकीय, वित्तीय कारोबारहरुको यथार्थ अध्ययन तथा कंपनीमा रहेको मौजुदा पूचजीको आधारमा हालको वित्तीय बजारको संभावनालाई समेत दृष्टिगत गर्दा कंपनीको आर्थिक अवस्था सबल रहेको छ ।

संचालक समितिको अध्यक्ष प्रताप सुवेदीले भने, कोष ब्यवस्थापन कम्पनीलाई महत्वपुण सहयोग पुर्‍याउने संस्थापक शेयरधनी कृषि बिकास बैंक लिमिटेड, हालका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कोष ब्यवस्थापन कम्पनी लिमिटेडका स्थापनाकालीन नेतृत्व, पूर्व पदाधिकारी, शेयरधनीहरु तथा बर्तमान संचालक समितिप्रति हार्दिक आभार प्रकट गर्दै लामो समयदेखि कम्पनी यथावत अवस्थामा संचालनमा रहेकोमा आगामी दिनमा आवश्यक पूँजी जुटाई थप ब्यवसायिक कार्यहरु गर्दै जाने प्रतिबद्धता समेत ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here