सूचना प्रविधि निर्यात गर्ने कम्पनीले अब वाणिज्य बैंकबाट विदेशी मुद्रा सटही सुविधा पाउने

Foreign Exchange Facilities for IT Exporters
Foreign Exchange Facilities for IT Exporters

८ साउन, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित व्यवसायहरुले वाणिज्य बैंकमार्फत विदेशी मुद्रा सटही गर्न पाउने उपलब्ध गराउने भएको छ ।

आईतबार सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवसायहरुलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न वा आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमा वाणिज्य बैंकमार्फत उपलब्ध हुने व्यवस्था गरेको छ ।

सूचना प्रविधि कम्पनीहरुले सफ्टवेयर खरिद, सम्पर्क कार्यालय स्थापना गर्न तथा प्रोग्राम जडान गर्न वैदेशिक मुद्रामा भुक्तानी गर्न मुद्रा सटहीको झन्झट भोगिरहेका थिए ।

वाणिज्य बैंकमार्फत नै सटही सेवाले व्यवसायीलाई सहजता हुनेछ । यसअघि आर्थिक वर्ष २०८०–८१ बजेटमा सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको दश प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने उल्लेख गरिएको थियो ।

‘सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग/व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न/आफ्नै विदेशस्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योग/व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएका कागजातहरुको आधारमा वाणिज्य बैंकमार्फत नै उपलब्ध हुने व्यवस्था गरिने छ,’ मौद्रिक नीतिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here