आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र माया मेट्रो हस्पिटल बिच सम्झौता

Agreement between IGI Prudential Insurance and Maya Metro Hospital
Agreement between IGI Prudential Insurance and Maya Metro Hospital

७ साउन, काठमाडौं ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटल प्राइभेट लिमिटेड धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो हस्पिटल प्राइभेट लिमिटेड का अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गरे ।

यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई माया मेट्रो हस्पिटल प्राइभेट लिमिटेड धनगढीमा प्राप्त हुने सेवाहरु जस्तैः एक्सेरे, युएसजी, इसिएचओ लगायतका सेवाहरुमा १०% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख  संजिव जोशीले माया मेट्रो हस्पिटल प्राइभेट लिमिटेडसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here