साइबर अपराधबाट महिलाहरु बढि पिडित हुने गरेको विज्ञहरुको भनाई

काठमाडौं । नेशनल आईसिटी काउन्सिलले अन्तराष्ट्रिय गल्र्स इन आईसिटी डेको अवसर पारेर एक दिने प्रबद्र्धनात्मक कार्यक्रम आयोजना गरेको छ । सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाले महिलाहरुलाई साइबर अपराधबाट बचाउने बारेमा साइबर सेक्यूरिटी फर गल्र्स एण्ड वुमन विषयक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको हो ।


सो कार्यक्रममा नेपाल दूरसंचार प्राधिकरणका डेपुटी डाइरेक्टर रोजा किरण वासुकलाले नेपालमा महिलाहरु विशेषगरि प्रविधिको क्षेत्रमा पछाडि रहेको हुँदा उनीहरुलाई अगाडि ल्याउनुपर्ने बताईन् । उनले बढ्दो साइबर क्राइमबाट महिलाहरु धेरै पिडित हुनेहुँदा त्यसबाट बच्न आफैंले ध्यान दिनुपर्ने बताईन् ।
त्यस्तै सनराइज बैंकका आईटी अधिकृत दिब्यतारा शाक्यले डाटा सुरक्षा कसरी गर्ने भन्ने जानकारी दिईन् । कुनै पनि माध्यमबाट डाटा चोरी हुनसक्ने विषयलाई ध्यानमा राखेर विभिन्न उपायको माध्यमबाट डाटालाई सुरक्षित राख्न सकिने बताईन् ।

Girls in Cyber security

सो कार्यक्रममा क्यान महासंघकी उपाध्यक्ष सुनैना पाण्डे घिमिरेले महिलाहरु पछिल्लो दिनमा ससक्त हुँदै आएको हुँदा उनीहरु यो क्षेत्रमा अगाडि आउन सक्ने बताईन् । उनले सूचना प्रविधिको अध्ययन र विकास हुँदै गर्दा नयाँ पुस्ताले आवश्यकताअनुसार सूचना प्रविधिको जनशक्तिको माग पूर्ति गर्न सक्ने स्पष्ट पारिन् ।
किष्ट कलेज अफ म्यानेजमेन्टको सहयोगमा आयोजना गरिएको सो कार्यक्रममा करिब १ सय छात्राहरुको सहभागिता रहेको थियो । नेशनल आईसिटी काउन्सिल की अध्यक्ष मिना अर्यालले सामाजिक संजालमा भएका र इन्टरनेटमा आधारित व्यक्तिगत डाटा सुरक्षित बनाउन प्रयोगकर्ता आफैं सचेत हुनुपर्ने धारणा बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here