काठमाडौंमा ‘ग्लोबल सेक्युरटी समिट २०१८’ हुने

Global Cyber Security Summit (GCSS) 2018

इन्फर्मेशन सेक्युटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट)को आयोजनामा आगामी साउन ११ र १२ गते काठमाडौंमा ‘ग्लोबल साइबर सेक्युरटी समिट २०१८’ हुने भएको छ ।

“Building Global Alliance for Cyber Resilience” भन्ने थिमका साथ आयोजना हुन लागेको समिटमा साइबर सेक्युरिटी र यससँग सम्बन्धित विभिन्न विषयका राष्ट्रिय  र अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धाता र प्रोफेसनलहरुको विशेष उपस्थिति रहने बताइएको छ ।

Call for Abstracs: Click Here

‘पछिल्लो समयका साइबर कानून, साइबर अपराध र साइबर सेक्युरिटीसम्बन्धी विश्लेषण र निदानका विषयमा समिटमा गम्भीर रुपमा छलफल हुने छ,’ एनपीसर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले भने ।

समिटमा प्यानल डिस्कसन, प्रेजेन्टेशनहरु, नेटवर्किङ सेसन, ब्रेनस्टोर्मिङ, कीनोट स्पिच, वर्कसपलगायतका कार्यक्रम हुने छन् ।

इन्फर्मेशन सेक्युरिटी एक्सपर्टहरुको टिमले स्थापना गरेको एनपी सर्टले नेपालमा बढ्दै गएको साइबर चुनौतीलाई न्यूनिकरण गर्न र राष्ट्रिय सूचनाको सुरक्षा गर्ने विषयमा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

थप जानकारीका लागि : http://npcert.org/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here