बाढी प्रभावित क्षेत्रमा डिसहोमको निःशुल्क इन्टरनेट सेवा
१४ भदौ, काठमाडौं।
विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित ग्राहक तथा उपभोक्ताप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै डिसहोमले विपद् प्रभावित क्षेत्रका ग्राहकहरूका लागि महत्त्वपूर्ण घोषणा गरेको छ। कम्पनीले विपद् प्रभावित क्षेत्रमा डिसहोम इन्टरनेटका ग्राहकहरूलाई प्रभावित अवधिभरका लागि निःशुल्क सेवा उपलब्ध गराएको छ।
प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेको यस बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेट सेवाको भूमिका अति महत्वपूर्ण हुने भन्दै डिसहोमले प्रभावित क्षेत्रका ग्राहकहरूलाई १५ दिनको थप निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने निर्णय गरेको हो।
निःशुल्क सेवा उपलब्ध हुने क्षेत्रहरू:
डिसहोम इन्टरनेटको पहुँच पुगेका निम्न क्षेत्रहरूमा यो थप निःशुल्क सेवा उपलब्ध हुनेछ–
-
त्रिशूली
-
त्रिशूली बजार
-
गल्छी
-
आदमघाट
-
मलेखु
डिसहोमले विपद्को यस कठिन परिस्थितिमा आफ्ना ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवाको निरन्तरता, सूचनामा पहुँच र आवश्यक सञ्चार सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा रहेको स्पष्ट पारेको छ।
साथै, कम्पनीले प्रभावित ग्राहकहरूलाई धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र वा आधिकारिक माध्यममार्फत सम्पर्क राख्न अनुरोध गरेको छ।
यसैबीच, यही भदौ १० गते रसुवाको भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीका कारण अपूरणीय मानवीय तथा भौतिक क्षति व्यहोर्नुभएका सम्पूर्ण परिवारजनप्रति डिसहोम परिवारले गहिरो दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ। साथै, उद्धार, राहत तथा पुनस्थापना कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित सबै निकायप्रति कम्पनीले हार्दिक कृतज्ञता ज्ञापन गरेको छ।
For More: DishHome Free Internet Service

