बाढी प्रभावित विद्यार्थी र विद्यालयका लागि ग्रेस इन्टरनेसनलको २५ लाख सहयोग
१३ भदौ, काठमाडौं।
ग्रेस इन्टरनेसनलका सह–संस्थापक एन्ड्रयू पौडेलले बाढी प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा विशेष पहल गर्न सरकारसँग आग्रह गरेका छन्।
पौडेलले शिक्षामन्त्रीसँग भेट गरी बाढी तथा विपद्का कारण प्रभावित विद्यार्थीको पढाइमा असर नपर्ने वातावरण बनाउन र क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्।
सो अवसरमा उनले ग्रेस इन्टरनेसनल ग्रुपको तर्फबाट बाढी प्रभावित क्षेत्रका विद्यार्थी तथा विद्यालयका लागि २५ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन्।
For More: Grace International Flood Support

