राष्ट्रिय परिचयपत्र नम्बरबिना डिजिटल वालेट अद्यावधिक नहुने
९ साउन, काठमाडौं।
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट) सम्बन्धी व्यवस्था संशोधन गर्दै राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने निर्णय गरेको छ।
शुक्रबार जारी गरिएको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ को १५औँ संशोधनअनुसार अब नेपाली नागरिकलाई वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसारको विवरण यकिन गर्नुपर्नेछ।
राष्ट्र बैंकले २०८३ असोज मसान्तभित्र सबै वालेट प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्रसम्बन्धी स्वघोषणा लिन र राष्ट्रिय परिचयपत्र लिइसकेका प्रयोगकर्ताले सोही अवधिभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ।
विदेशमा रहेका नेपालीले भने अनलाइनमार्फत वालेट खोल्न पाउने हालको व्यवस्था यथावत रहनेछ। उनीहरूले नेपाल फर्किएको छ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।
त्यस्तै, अशक्त तथा असहाय नागरिकका हकमा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
For More: Digital Wallet National Identity

