टोकियो समर ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीको साझेदारी

Daraz-Summer-Olympics
Share It On:

१३ असार २०७८ काठमाडौं ।

नेपालको अग्रणी अनलाइन सपिङ बजार, दराजले नेपाल ओलम्पिक कमिटि (एनओसी) सँग ’टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ ।

बुधबार एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल कमिसनद्वारा “आयोजित ओलम्पिक डे २०२१” को विशेष समारोहमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दराज अलीबाबा समूहको एक हिस्सा हो । अलीबाबा समूह अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) को विश्वव्यापी पार्टनर हो ।

यस साझेदारीले दराज र एनओसीबीच टोकियो ओलम्पिक नजिकिंदै गर्दा सहकार्य मजबुत बनाउने लक्ष्य राखेको छ । सँगैसँगै यस सहकार्यले नेपालमा ओलम्पिक र सहभागी खेलाडीलाई अझ बढी प्रकाशमा ल्याउने र प्रवर्द्धनमा साथ दिने विश्वास गरिएको छ ।

“टोकियो २०२० ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको प्रवर्द्धनका लागि दराजसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं । सहभागी २०७ देशमध्य नेपाली खेलाडीले आफ्नो पूरा मिहिनेत, जोस र सपना पूरा गर्ने लक्ष्यसहित प्रदर्शन गर्ने आशा राखेको छु । यसबाहेक दराजले पनि ओलम्पिक खेलको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु । यो सधैं ओलम्पिक कमिटीको मुख्य लक्ष्य रहँदै आएको छ ।

ओलम्पिक खेललाई विश्व खेलकुदको महोत्सबका रुपमा लिइन्छ जसलाई विश्वभरका दर्शकले हेर्ने गर्दछन् । एनओसीले दराजको माध्यमबाट नेपाली दर्शकले पनि जुलाई २३ देखि अगस्त ८ सम्म हुने ओलम्पिक हेर्न, यसबारे सुसूचित हुने र विभिन्न सामाजिक संजाल र अन्य माध्यमबाट सहभागी गराउने प्रयास रहनेछ । म दराजलाई यस सहकार्यका लागि कदम अघि बढाएकोमा धन्यवाद दिँदै यो सहकार्य आउने दिनमा पनि जारी रहने आशा व्यक्त गर्दछु ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *