टेनेवल ईकोसिष्टमका लागि खुला श्रोतलाई बढावा दिन ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा सम्मिलित

OPPO joins LF AI & Data Foundation as a premier member-800x600-1

१३ असार २०७८ काठमाडौं ।

ओपोले आधिकारिक रुपमा एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा आफ्नो सम्लग्नता जनाएको छ । यस मार्फत नवप्रबर्तन तथा एआई प्रविधिको अंगिकरणका लागि ओपो लगायत अन्य प्रिमियर सदस्यहरुले सशक्त ओपन सोर्स एआई र डाटा कम्यूनिटिजको प्रबद्र्धनका लागि उल्लेखनिय योगदान पु¥याउने छन् ।

सन् २०१८ मार्च महिनामा लिनक्स फाउन्डेशनद्वारा स्थापित एलएफ एआई एण्ड डाटा फाउन्डेशनमा विभिन्न उद्योग मध्यका ४९ सदस्य सम्मिलित छन् । यस फाउन्डेशनको उद्देश्य भन्नु नै संस्थाका सदस्यहरु विच सहकार्यको सम्भानालाई बढावा दिँदै नयाँ अवसरहरु खोल्दै ओपन एआई र डाटा कम्यूनिटीको स्थापना तथा विकास गर्दै एआई, एमएल र डाटा क्षेत्रमा ओपन सोर्स ईन्नोभेशनलाई बढावा दिनु रहेको छ ।

आफ्नो मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ तिर अग्रसर हुँदै, ईन्टरनेट अफ एक्स्पेरियन्सको यस यूगमा डेभलपर्स र पार्टनर्स दूबैका लागि फाइदाजनक ओपन ईकोसिष्टमको निर्माण गर्नु ओपोको उद्देश्य हो ।

यसो गर्दा एलएफ एआई र डाटा फाउन्डेशन जस्ता समान सोच भएका पार्टनर्स एकअर्का प्रति सहकार्यका लागि आकर्षित हुन्छन् । लामो समयदेखि ओपोले एआई र डाटा प्रविधिमा लगानीलाई निरन्तरता दिइ रहेको छ ।

कन्भरसेशनल एआई, मेसिन लर्निंग, पर्सनलाइज्ड रिकम्मेन्डेशन अल्गोरिथम, क्लाउड र डाटा सेवा तथा सेक्योरिटी एण्ड प्राइभेसी लगायत प्रविधिको अन्वेषण तथा विकास मार्फत ओपोको एआई र डाटा ईञ्जिनियरिंग प्रणालीले विश्वभरका प्रयोगकर्ता तथा डेभलपर्सलाई उत्कृष्ट सेवा प्रदान गर्छ ।

एलएफ एआई र डाटा फाउन्डेशनमा सहभागिता जनाउँदै ओपोका अनुभवी प्रविधिक लियाम चेंग र डा. जिया जिमिनले क्रमशः गभर्निंग बोर्डका प्रतिनीधि र प्राविधिक एड्भाइजरी काउन्सिलका प्रतिनीधिका रुपमा एलएफ एआई र डाटाका सदस्यहरुसंग नजिक रही काम गर्दै उत्पादनका लागि  ओपन सोर्स टूल्सको प्रयोगका लागि उत्कृष्ट तरिका छनोट गर्न सघाउने छन् ।

‘ओपोलाई प्रिमियर सदस्यका रुपमा हाम्रो गभर्निंग बोर्डमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ । हाम्रा सबै फाउण्डेशन लेभल कमिटीहरुमा ओपोको भोटिंग सिट हुनेछ’, एलएफ एआई एण्ड डाटा फाउन्डेशनका कार्यकारी निर्देशक डा. ईब्राहिम हदादले भने, ‘हामी ओपन सोर्स डेभलपमेन्टको समर्थन गर्छौ ।

साथै, ओपन सोर्स एआई र डाटा प्रविधि एकिकृत गर्दै दूबैलाई सहज तथा भरपर्दो बनाउन सघाउने दिर्घकालिन ईकोसिष्टमको निर्माणको पक्षधर हौँ । हाम्रो यस पहललाई ओपोले राम्रो संग बुझेको छ स्वस्थ ईकोसिष्टम निर्माण तथा विकासकालागि अग्रसर छ ।

हामीद्वारा आयोजित प्राविधिक परियोजनाहरुका लागि समर्थन गर्दै समुदायमा नवप्रबर्तनलाई बढावा दिन रणनीतिकरुपमा सर्वोच्च सदस्यता श्रेणीमा सहकार्यका लािग स्वागत गर्न पाउँदा हामी निकै उत्साहित समेत छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here