दराजले ल्यायो जेम्स-ग्राहकलाई निःशुल्क भाउचर कमाउने अवसर

Daraz-Gems
Share It On:

२४ भदौ २०७८, काठमाडौं ।

नेपालको अग्रणी अनलाइन बजार दराजले आधिकारिक रूपमा आफ्नो नवीनतम इन–एप सुविधा दराज जेम्स लन्च भएको घोषणा गरेको छ। यो नयाँ सुविधा मार्फत ग्राहकहरुले हरेक दिन दराज एप मार्फत भाउचर कमाउने मौका प्राप्त गर्नेछन्।

जेम्स भनेको दराज एपमा लगातार सगाई गरिरहेका ग्राहकहरुको लागि उपलब्द गरिएको एक इनाम प्रणाली हो। ग्राहकहरुले जेम्स कलेक्ट गरि भाउचरको लागि रिडिम गर्न सक्नेछन् र त्यो भाउचर सामान खरिद गर्दा छुट पाउन प्रयोग गर्न सक्नेछन्। ग्राहकहरु तीन फरक तरीकाबाट जेम्स कमाउन सक्नेछन्। दराज एपमा हरेक दिन लगिन गरि , दराजबाट सामान खरिद गरि वा एड टु कार्ट, फलो द स्टोर जस्ता डेली मिसनहरु पुरा गरेर दराज जेम्स प्राप्त गर्न सकिन्छ।

यो सुविधा दुबै एन्ड्रोइड र आईओएस प्लेटफर्ममा उपलब्ध छ। नयाँ सुविधा प्राप्त गर्नको लागी ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिन्छ। दराज जेम्सको भरपुर उपयोग गर्नको लागि ग्राहकहरु हरेक दिन दराज एप मार्फत दराज जेम्सको होम पेजमा जानु पर्नेहुन्छ। त्यहाँ ग्राहकले जेम्स कलेक्ट मात्र नभई आफुसंग भएको जेम्सको मात्रा हेर्न पाउनेछन् साथै ति जेम्सलाई भाउचरको लागि रिडिम पनि गर्न पाउनेछन्।

दराज जेम्सको सबै भन्दा राम्रो सुविधा भनेको यो प्राप्त गर्न एकदमै सरल र सजिलो छ। प्रयोगकर्ताहरु सजिलैसंग दराज एपमा दैनिक लग इन गरेर दिइएको जेम्स कलेक्ट गरेर आफ्नो जेम्सको संख्या ४०० गुणा कमाउन सक्नेछन्।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *