क्रेष्ट माइक्रो लाइफको साधारण सभा सम्पन्न

Crest Micro Life 1st AGM
Share It On:

५ चैत, काठमाण्डौं। 

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रिसीराज मोरेको अध्यक्षतामा आज सभा शुभ होटल प्रालि चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको हो ।

सभाले संचालक समितिका पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधा निर्धारण गर्ने, सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साथै सभाले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात् आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ । साथै, आईपीओ निष्काशन तथा सोसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

सभाले पारित गरेका प्रस्तावको कारण प्रबन्धपत्र तथा नियमावलीमा संसोधन आवश्यक भएमा संसोधन गर्न तथा नियमनकारी निकायबाट कुनै थप संशोधन, फेरबदल गर्न वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोमिज गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने, सर्वसाधारणको लागि साधारण शेयर निष्काशन पश्चात प्राप्त पूँजीको उपयोग गर्ने लगायतका विविध प्रस्ताव पारित गरेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *