सिटिजन लाइफको लेभल अफ बिजनेश कन्फ्रेन्स सम्पन्न

५ चैत, काठमाण्डौं। 

सिटिजन लाइफको लेभल अफ बिजनेश कन्फ्रेन्स सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले लेभल अफ बिजनेश कन्फ्रेन्स २०२४ सम्पन्न गरेको छ । कम्पनीले कर्मचारीको कार्यक्षमता र मनोबल बढाउने उदेश्यले आयोजना गरेको कार्यक्रम कास्की जिल्लाको रुपाकोट रिसोर्टमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषकराज पौडेलले लेभल अफ बिजनेश कन्फ्रेन्स २०२४ को उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन  गर्दै सीईओ पौडेलले कर्मचारीको क्षमता र मनोबल बढाउन कम्पनीले सक्दो प्रयत्न गर्ने बताए ।

कार्यक्रममा देशभरका उत्कृष्ट एरिया ब्रान्च म्यानेजरसहित ६० जनाको सहभागिता रहेको बाग्लुङ एरिया ब्रान्च म्यानेजर दिपेन्द्र शर्मा लम्सालले जानकारी दिए । ‘कार्यक्रमले हामी सबै कर्मचारीहरुको कार्यक्षमता र मनोबल बढेको छ।’ उनले भने ।

कम्पनीले विभिन्न समयमा व्यापार व्यवसाय विस्तार गर्न कर्मचारीलाई आवश्यक तालिम तथा हौसला प्रदान गर्ने कार्यक्रम आयोजना गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here