कनेक्ट आइपिएसको ‘रिफर अ फ्रेन्ड’ योजना: रिफर गरे २५ र रिफर प्राप्त गरे ५० रुपैयाँ

ConnectIPS ‘Refer a Friend 2.0’ Offer

५ असार, काठमाडौं ।

कनेक्ट आईपीएसको रिफर र फ्रेन्ड २.० अफर अन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् ।

उक्त अफर अन्तर्गत असार ५ गतेदेखि असार ३१ गतेसम्म ‘रिफरर’ अर्थात् रिफर गर्ने प्रयोगकर्ताले रु. २५ र रिफर प्राप्त गर्नेले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । अफरको फाइदा लिन ‘रिफरर’ ले आफ्ना साथी तथा आफन्तलाई आफ्नो ‘रिफरल काेड’ दिनुपर्ने हुन्छ ।

‘रिफरी’ अर्थात रिफर प्राप्त गर्नेले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त  ‘रिफरल काेड’ दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैंकमा गएर भेरिफाई गरे पश्चात ‘रिफरर’ ले रु. २५ आफ्नो बैंक खातामा र ‘रिफरी’ ले रु. ५० आफ्नो बैंक खातामा प्राप्त गर्नेछ ।

रिफरर ले आफ्नो  ‘रिफरर काेड’ सँगै लिंक पनि शेयर गर्न सक्नेछ र रिफरीले उक्त लिंक क्लिक गरी कनेक्ट आईपीएसको वेबसाइट वा मोबाइल एपमार्फत नयाँ युजर बनाउन सक्नेछ ।

रिफरीको लिंक गरिएको खाता भेरिफाई भएपछि मात्र रिफररकाे खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधिभित्र खाता भेरिफाई गराइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो ।

कनेक्ट आईपीएसको वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here