महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

Mahalakshmi Bikas Bank customers get special discount
Share It On:

५ असार, काठमाडौं ।

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित  बैंकका ग्राहकले विशालनगर काठमाडौंमा अवस्थित एरोजिन हेल्थ केयरमा कपाल ट्रान्सप्लान्ट र कपाल झर्नेजस्ता समस्याको उपचारमा ५% देखि अधिकतम ४५% सम्म छुट पाउनेछन्।

त्यसैगरी, इटहरी सुनसरीमा अवस्थित होटेल पाथीभरा इन्टरनेसनलका सेवाहरूमा १० प्रतिशत, मैतीदेवी काठमाडौंमा अवस्थित बुइँगल लाउन्ज एन्ड बारका सेवाहरूमा १५  प्रतिशत,  काठमाडौंमा अवस्थित एलो हात्तीका सेवाहरूमा अधिकतम १० प्रतिशत तथा इटहरी– ६ सुनसरी र मैतीदेवी काठमाडौंमा अवस्थित बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनका सेवाहरूमा अधिकतम १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *