कनेक्ट आईपीएस प्रयोग गर्दा २० हजार ८० रुपैयाँ सम्मको क्यासब्याक अफर

Insurance Premium Payment 2080 Cashback offers
connectIPS Insurance Premium Payment 2080 Cashback offers

४ असार, काठमाडौं ।

कनेक्ट आईपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी “इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक ” अफर सार्वजनिक गरेको छ ।

यस आकर्षक अफर अन्तर्गत कनेक्ट आईपीएस मार्फत लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियक भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८०% (अधिकतम रु २,०८०) क्यासब्याक प्राप्त गर्न सक्नु हुनेछ भने अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले रु २०,०८० क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरुको जानकारी NCHL को वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ । कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक सजिलो माध्यम हो ।

कनेक्ट आईपीएस को वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ ।

यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, शेयर कारोबार, नेपाल पे क्यूआर लगायतका थुप्रै प्रकारका भुक्तानीहरु गर्न सकिन्छ ।

कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको जेठ मसान्त सम्म ५२ सदस्य बैंक वित्तीय संस्था मार्फत रु. ३,६२६ अर्ब बराबरको ४ करोड ५० लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्याैट भइसकेको कम्पनीले बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here