वाणिज्य बैंकको नाफा ६७ अर्बमाथि; नबिललाई पच्छ्याउँदै ग्लोबल आइएमई

Commercial bank earned Over 67 billion profit
Commercial bank earned Over 67 billion profit : Nabil and Global IME Bank are top of the Ranking

३, साउन काठमाडौं । 

वाणिज्य बैंकहरुको नाफा वृद्धि भएको छ । वाणिज्य बैंकहरुले ६७ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुले सो मात्रामा मुनाफा आर्जन गर्न सफल भएको छ।

यस त्रैमासमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ। नबिल बैंकले ७ अर्ब ११ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ६ अर्ब ५० करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।

बैंकहरुले नाफा एक महिनामै १७.५९ प्रतिशत अर्थात १० अर्ब ५ करोड ८८ लाख रुपैयाँले बढेको हो । गत बैशाख मसान्तसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । अधिकांश बैंकहरुबीच नाफा प्रतिस्पर्धा देखिएको छ ।

यस त्रैमासमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंक नबिल बैंक बनेको छ । नबिल बैंकले ७ अर्ब ११ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ६ अर्ब ५० करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।

यस्तै, सो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो पोजिशन बढाएर तेस्रोमा आएको छ । बैंकले यस त्रैमासको अवधिसम्ममा ४ अर्ब ७६ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।  यता, कुमारी, प्रभु, कृषि विकास बैंक लगायतले नाफा बढाउन आक्रामक देखिएका छन् ।

एनआईसी एसिया बैंकको ४ अर्ब ६३ करोड रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड खुद नाफा गरेको छ ।यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ । कृषि विकास बैंकले १ अर्ब ५६ करोड खुद नाफा गरेको छ भने सनराइज बैंकले १ अर्ब ५९ करोड खुद नाफा कमाएको छ ।

त्यस्तै सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ६८ करोड, माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ६८ करोड, तथा लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ६८ करोड रहेको छ । हाल सनराइज बैंक र लक्ष्मी बैंक भने एक आपसमा मर्ज भएर एकिकृत कारोबार गरिसकेका छन् ।

समिक्षा अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि) ले एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकलाई उछिनेको छ । बैशाख मसान्तसम्ममा पाँचौं स्थानमा रहेको एनआइएमबिले एक महिनामै तेस्रो स्थानमा आएको छ ।

एनआइएमबिले ११ महिनामा ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत बैशाखको तुलनामा भने २२.२६ प्रतिशतले वृद्धि गरेको हो । गत बैशाखमा बैंकले ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, एनआईसी एशिया बैंकले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । तर, गत बैशाख मसान्तसम्मको तुलनामा भने बैंकको नाफा सामान्य (५.४२) वृद्धि भएको हो । यता, राष्ट्रिय वाणिज्य बैंकले पनि ४ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

समिक्षा अवधिमा आधा दर्जन बैंकहरुको नाफा ३ अर्ब माथि देखिएको छ। राष्ट्र बैंकका अनुसार एनएमबि बैंकले ३ अर्ब ३२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, हिमालयन बैंकले ३ अर्ब २९ करोड ८९ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

नेपाल बैंकले ३ अर्ब ७ करोड, स्टान्डर्ड चाटर्ड बैंकले ३ अर्ब ११  करोड, हिमालय बैंकले ३ अर्ब २९ करोड, नेपाल एसबिआई बैंकले २ अर्ब ९ करोड, एभरेष्ट बैंकले ३ अर्ब ६ करोड, एनआईसी एशियाले ४ अर्ब ६३ करोड, माछापुच्छ्रे बैंकले १ अर्ब ६८ करोड, कुमारी बैंकले २ अर्ब ९५ करोड, लक्ष्मी बैंकले १ अर्ब ६८ करोड, सिद्धार्थ बैंकले २ अर्ब २२ करोड, कृषि विकास बैंकले १ अर्ब ५६ करोड, सिटिजन्स बैंकले १ अर्ब ६८ करोड,, प्राइम कमर्सियल बैंकले ३ अर्ब २१ करोड, सनराइज बैंकले १ अर्ब ५९ करोड, एनएमबि बैंकले ३ अर्ब ३२ करोड, प्रभु बैंकले २ अर्ब ८९ करोड र सानिमा बैंकले २ अर्ब २५ करोड नाफा गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here