क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा बिस्तार, उदघाटन ब्राण्ड एम्बेस्डरबाट

Tech Kalanki Branch

१० फागुन  २०७७, काठमाडौं ।

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ।

कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो सेवा दिई रहेको छ र यसै ठाउँहरुको भित्री सानो सानो ठाउँमा पनि सेवा सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरेको हो।

क्लासिक टेकको नयाँ आउटलेट कम्पनीको १०० औं आउटलेट पनि हो र हरेक आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना स्टाफ राखिएको छ।

क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो तर कोरोना महामारीको कारण भएको लकडाउनपछि ५१ वटा आउटलेट बिगत ८ महिनामा तिब्र र आक्रामक गतिमा आफ्नो सेवा र आउटलेट बिस्तार गर्दै गएको छ ।

कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।

कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आईरहेको छ भने यो आर्थिक वर्षभित्र ँत्त्ज् को माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको छ र यसै महिना पश्चिममा नेपालगंज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा छौं कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी ज्यूले भन्नु भएको छ ।

कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केहि महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी मात्र रु ७९९ प्रति महिनामा उपलब्ध गराईरहेको छ यसैगरि १ वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशत सम्म नगद छुट र साथमा २ महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकहरुलाई प्रदान गरिरहेको छ ।

यसैगरि आईपिटिभीको १५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here