क्लासिक टेकले माग्यो थप ६६४ कर्मचारी १

Classic Tech Hiring

९ पुस  २०७८, काठमाडौं ।

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले देशभरि ब्रान्च म्यनाजर देखि फाइबर टेक्निसियन सम्म ६६४ कर्मचारी मागेको छ ।

नेपालमा सन् २००९ देखी सुभाराम्भ भएको कम्पनी १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ ।

दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न कम्पनीले देशभरि कर्मचारी मागेको हो ।

कम्पनी ले स्टाफ हरुलाई बिषेस सेवा सुबिधा दिदै आएको छ । सामाजिक सुरक्षा कोष ९एसएसफ् ० मा पनि लागेको र कर्मचारीहरुले राम्रो पहिचान पाउने कम्पनीले बताएको छ।

बेसिक सेलरी मा ओवर टाइम , इन्सेंतिव ,फ्यूल , मर्मत खर्च लगायत अरु खर्च पनि कम्पनीले दिदै आएको छ । हाल कम्पनीमा १५०० जना कर्मचारी कार्यरत रहेको र सेवा सुबिदा मा थप प्राथमिकता र जोड दिन कर्मचारी हरुको माग भइ आएको छ ।

हाल ७४ जिल्ला मा सेवा दिंदै आएको क्लास्सिक टेक ले ग्रामिण तथा दुर्गम इन्टरनेट नपुगेको ठाउमा समेत आफ्नो सुबिदा पुगाउने लक्ष्य राखेको छ । सोहि लक्ष्य प्राप्ति का निम्ति कम्पनीले कर्मचारी हरुको माग गरेको हो ।

कम्पनीले तल्लो तह बाट मत्थिलो तह सम्ममा कर्मचारी मागेको छ । ब्रान्च म्यानेजर २८ जना ,फ्रन्ट डेस्क अस्सोसिएट ८० जना , डोर टू डोर सेल्स अस्सोसिएट २५० जना ,फाइबर सेल्स अस्सोसिएट (बाइक राइडर २०० जना ,फाइबर सुपरवाईजर ६२ जना ,एचआर म्यानेजर २ जना , कोर्पोरेट म्यानेजर २ , कल सेन्टर अस्सोसिएट ४० जना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here