सिडिजन्स बैंक र रामाडा एन्कोर काठमाडौँ, होटल हिमालयन होराइजन र पान्क बाइक बीच समझदारी
२९ असोज, काठमाडौं।
सिटीजन्स् बैंक इन्टरनेसनल लिमिटेड र रामाडा एन्कोर काठमाडौँ, होटल हिमालयन होराइजन र पान्क बाइक बीच सिटीजन्स् बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटीजन्स् बैंकका कार्डवाहक, प्रिभिलेज कार्ड वाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले रामाडा एन्कोर काठमाडौँमा १५ प्रतिशत, होटल हिमालयन होराइजनमा १५ प्रतिशत र पान्क बाइक प्रा. लि. मा १० प्रतिशत आकर्षक छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटीजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
सम्झौता अनुसार बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले निम्न सुविधाहरू प्राप्त गर्नेछन्:
-
होटल हिमालयन होराइजन: डेबिट कार्डवाहक ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत र क्रेडिट कार्डवाहक ग्राहकले १५ प्रतिशत छुट पाउनेछन्।
-
रामाडा एन्कोर काठमाडौँ: खाना, पेय पदार्थका साथै स्पा सुविधामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ।
-
पान्क बाइक प्रा. लि.: विद्युतीय तथा सामान्य साइकल खरिदमा १० प्रतिशत छुट पाइनेछ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
हालसालै बैंकले नवयुवा लक्षित बचत खाता “सिटिजन्स जेन-जी सेभिङ्ग एकाउन्ट” र “सिटिजन्स डिजी बैंक सेवा” नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष “फ्रिलान्सर सेविङ्गज एकाउन्ट” नामक नयाँ बचत खाता सुरु गरेको छ ।
साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ७८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।
For More: Citizens Bank Hotel Discounts

