‘म उद्यमी’ ट्रेडमार्कसहित महिला उद्यमीका उत्पादनको प्रदर्शनी: १०० भन्दा बढी स्टल रहने
२९ असोज, काठमाडौं।
महिला उद्यमी महासंघ नेपाल (FWEAN) ले सानेपास्थित हेरिटेज गार्डेनमा ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) को प्रयोगसहित महिला उद्यमीका उत्पादनहरूको प्रदर्शनी सुरु गरेको छ। देशभरका १०० भन्दा बढी महिला उद्यमीहरूको सहभागिता रहने यस प्रदर्शनीमा प्राकृतिक रेसाजन्य वस्तु, ढाका, गलैँचा, अर्गानिक खाद्य पदार्थ र हस्तकलाका सामाग्री राखिएका छन्। यस अभियानले Nepalese महिला उद्यमीहरूका उत्पादनलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ, प्याकेजिङ र प्रवर्द्धन गर्न मद्दत पुर्याउनेछ।
महिला उद्यमी महासंघ नेपाल(एफडब्लुइएएन)ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ ।
एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा पत्रकार सम्मेलन आयोजना गर्दै महिला उद्यमीका उत्पादनलाई ‘म उद्यमी’ ट्रेडमार्कमार्फत प्रवद्र्धन तथा बजारीकरण गर्ने अभियान अघि बढाइएको जानकारी दिएको हो ।
महासंघका अनुसार नेपाल सरकारबाट प्राप्त सामूहिक चिन्हमार्फत देशभरका महिला स्वामित्व वा महिला नेतृत्वमा सञ्चालित उद्यमका उत्पादनलाई एउटै ट्रेडमार्कबाट पहिचान गराउने उद्देश्य राखिएको छ । यसबाट महिला उद्यमीका उत्पादनको दृश्यता तथा पहिचान बढाउनुका साथै ग्राहकमा उत्पादनप्रति विश्वास सिर्जना हुने महासंघको अपेक्षा छ ।
महिला उद्यमी महासंघ नेपालले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास तथा प्रवद्र्धन र महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।
‘म उद्यमी’ ट्रेडमार्कसहित आयोजना हुने प्रदर्शनीमा देशका विभिन्न जिल्लाका १०० भन्दा बढी महिला उद्यमीका उत्पादन प्रदर्शन गरिने महासंघले जनाएको छ । प्रदर्शनीमा करिब १०० वटा स्टल रहनेछन् । प्रदर्शनीमा प्राकृतिक रेसाजन्य वस्तु, ढाकाका सामग्री, गलैँचा, हाते कागजका सामान, जैविक खाद्य पदार्थ, कृषिजन्य उत्पादन, विभिन्न प्रकारका मूर्ति, गरगहना तथा सजावटका सामग्री राखिनेछन् ।
महासंघले विशेषगरी नेपालमा उपलब्ध स्थानीय कच्चा पदार्थमा आधारित कृषि तथा हस्तकलाका उत्पादन र मूल्य शृंखलामा आधारित वस्तुलाई प्राथमिकता दिइएको जनाएको छ । प्रदर्शनीमा विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी तथा व्यवसायीका साथै निर्यातकर्ताहरूको समेत सहभागिता रहनेछ ।
महासंघले ‘म उद्यमी’ ट्रेडमार्कमार्फत महिला उद्यमीका उत्पादनलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन, ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरण गर्न सहयोग पुग्ने जनाएको छ ।
त्यस्तै, महिला उद्यमीका उत्पादनको गुणस्तर सुधार गर्न प्रोत्साहन गर्ने, व्यवसायिक पहिचान सुदृढ गर्ने तथा साझा ब्रान्डिङ प्लेटफर्म निर्माण गर्ने लक्ष्य राखिएको छ ।
महासंघका अनुसार ‘म उद्यमी’ ट्रेडमार्क योग्य र आधिकारिक महिला उद्यमीले स्वीकृति लिएर मात्र प्रयोग गर्ने व्यवस्था गरिनेछ । यसले महिला उद्यमीका उत्पादनको गुणस्तर र विश्वसनीयता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महासंघले ‘म उद्यमी’ ट्रेडमार्क अंकित वस्तुलाई सरकारी खरिद प्रक्रियामा प्राथमिकताका साथ खरिद गर्न पहल गर्ने जनाएको छ । स्थानीय, प्रदेश र संघीय तहमा यस्ता उत्पादनको बजारीकरण सहज बनाउने, स्थानीय स्रोतसाधन, सीप तथा पूँजीको अधिकतम सदुपयोग गर्ने तथा उत्पादन र बजारीकरणका लागि औद्योगिक ग्राम स्थापना गर्न सरकारसँग बजेट विनियोजनका लागि पैरवी गर्ने महासंघको योजना छ ।
त्यस्तै, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोग भएका उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न तहमा प्रदर्शनी तथा बिक्रीस्थल स्थापना गर्न पहल गर्ने र उत्पादनको गुणस्तर वृद्धिका लागि तालिम सञ्चालन गर्न सरकारी बजेट विनियोजनका लागि पैरवी गर्ने महासंघले जनाएको छ ।
महिला उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अवलोकन भ्रमण तथा ‘लर्निङ भिजिट’ मा सहभागी गराउन सरकारबाट सहयोगका लागि समेत पहल गरिने बताइएको छ ।
महासंघले ‘म उद्यमी’ अभियानलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी महिला उद्यमशीलताको प्रवद्र्धन, सामाजिक तथा आर्थिक सशक्तीकरण, अनुभव आदानप्रदान र नयाँ बजारसँग महिला उद्यमीलाई जोड्ने महत्वपूर्ण अभियानका रूपमा विकास गर्ने जनाएको छ ।
महासंघले ‘म उद्यमी’ ट्रेडमार्कमार्फत महिला उद्यमीका उत्पादनको साझा पहिचान निर्माणसँगै महिला उद्यमीबीचको एकता र सामूहिक ब्रान्डिङलाई समेत प्रवद्र्धन गर्न खोजिएको जनाएको छ ।
For more: Ma Udyami Trademark at Heritage Garden

