सिटिजन्स बैंक र होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सम्झौता

Citizens Bank, Hotel Chitwan & Decode Genomics Agreement
Citizens Bank, Hotel Chitwan & Decode Genomics Agreement

१६ साउन, काठमाडौं । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवनस्थित होटल चितवन तथा बागबजार, काठमाडास्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल चितवनमा २५% र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा २० %सम्मको छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here