एनसेल र ट्रुफोनबीच ई-सिम वितरणका लागि सहकार्य

१८ फागुन २०७९, काठमाडौं।

नेपाल दूरसञ्चार कम्पनी एनसेल आजियाटाले ई-सिम वितरण गर्न ग्लोबल मोबाइल नेटवर्क कम्पनी  ट्रुफोनसँग सहकार्य गरेको छ । ट्रुफोनको सहयोगमा इम्बेडेड सिम (इ-सिम) वितरण गर्ने भएको हो।

ट्रुफोनसँगको सहकार्यसँगै एनसेलका १ करोड ७० लाख बढी मोबाइल प्रयोगकर्ताहरुले ट्रुफोनको रिमोट सिम प्रोभिजनिङ प्लाटफर्म  (RSP) मार्फत इ-सिम वितरण छिटो, छरितो र सहज बनाउने लक्ष्य राखेको छ।

साझेदारीको एक भागको रूपमा, एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरूलाई परिष्कृत कनेक्टिभिटी र लचिलोपन प्रदान गर्न ट्रुफोनको इ-सिम प्रविधि प्रयोग गर्नेछ। यो भौतिक रूपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ। केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम उक्त मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन।

ट्रुफोनको इ-सिम प्रविधिले एनसेल आजियाटा लिमिटेडका ग्राहकहरूलाई आफ्नो सिम कार्ड वा फोन नम्बर परिवर्तन नगरी १९० भन्दा बढी देशहरूमा सम्पर्कमा रहन सक्षम बनाउनेछ।

ट्रुफोनका सीईओ ह्यारी ओडेनहोभनले इ-सिम प्रविधि नेपालको नेतृत्वदायी मोबाइल नेटवर्कलाई हामी अझ परिस्कृत बनाउने दिशामा अघि बढाउँदैछौं। इ-सिममार्फत हामी भौतिक सिमलाई विस्थापित गर्दै टनका टन प्लास्टिकजन्य फोहोर उत्पादनमा कटौती गर्न सक्छौं। एनसेलसँगको सहकार्यमा आफ्ना ग्राहकहरूका लागि अझ बढी भविष्यमैत्री सेवा विकास गर्न तत्पर रहेको बताए।

एनसेल आजियाटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यो सहकार्यका माध्यमबाट अब एनसेल प्रयोगकर्ताले चुस्त दुरुस्त रूपमा आफ्नो भौतिक सिमलाई इम्बेडेड सिम (इ-सिम) मा स्तरवृद्धि गर्नसक्ने बताएका छन् । चोङले नेपालमा सूचना तथा सञ्चार प्रविधिको सम्पूर्ण इकोसिस्टम विकासमा इ-सिम महत्वपूर्ण कारक हुने विश्वास व्यक्त गरे ।

#एनसेल #ट्रुफोन #इम्बेडेड सिम #इ-सिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here