अभिनेत्री वर्षा सिवाकोटीले NAIMA Nepal Mobility Expo 2026 मा गरिन् MG S6 बुकिङ
१ भदौ, काठमाडौं।
नेपाली अभिनेत्री वर्षा सिवाकोटीले NAIMA Nepal Mobility Expo 2026 मा प्रिमियम इलेक्ट्रिक एसयूभी MG S6 बुकिङ गरेकी छन् । पारामाउण्ट मोटर्स अन्तर्गत रहेको Hall B, Stall L2 मा रहेको MG को स्टलमा पुगेर सवारीसाधनको अवलोकन गरेपछि उनले औपचारिक रूपमा यो गाडी बुकिङ गरेकी हुन् ।
आकर्षक डिजाइन र अत्याधुनिक प्रविधि
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र प्रिमियम इलेक्ट्रिक मोबिलिटीबाट प्रभावित हुँदै सिवाकोटीले उक्त मोडल रोजेकी हुन् । बुकिङको अवसरमा MG SMIL का अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन प्रतिनिधि Muhammad Fahad Darai ले उनलाई गाडीको साँचो हस्तान्तरण गरेका थिए ।
MG का नयाँ मोडलहरूको सार्वजनिक
यसैबीच, NAIMA Nepal Mobility Expo 2026 मा MG ले MG U9 EV र MG HS HEV/PHEV गरी दुई नयाँ मोडलसमेत सार्वजनिक गरेको छ । नयाँ मोडलहरूको सार्वजनिकसँगै प्रदर्शनीमा MG का सवारीसाधनप्रति आगन्तुकहरूको आकर्षण थप बढेको छ ।
विशेष आकर्षण: श्रावण २६ देखि ३१ गतेसम्म सञ्चालन हुने NAIMA Mobility Expo 2026 मा नयाँ मोडलहरूको अवलोकन तथा विशेष अफरहरूको लाभ लिन चाहने ग्राहकलाई Hall B, Stall L2 मा रहेको MG को स्टलमा भ्रमण गर्न आयोजकले आग्रह गरेको छ ।
For more: Barsha Siwakoti Purchases MG S6

