क्यान बाराको प्रथम अधिबेशन कलैयामा सम्पन्न

सिमरा : कम्प्युटर एशोशियसन नेपाल महासंघ (क्यान) का केन्द्रिय अध्यक्ष हेमन्त चौरसियाले सुचना प्रविधिले विकास र समृद्धिलाई सघाउने बताउनुभएको छ ।

क्यान बाराको पहिलो बार्षिक सधारणसभा तथा अबिधेशनको आज कलैया उदघाटन गर्दै अध्यक्ष चौरसियाले सुचना प्रविधिको माध्यमबाट घरमै बसेर विश्वसँग सम्बन्ध स्थापीत गर्न सकिने बताउनुभयो । २१ औं सताब्दिमा बिश्वलाई यो स्थानसम्म पु¥याउनका लागि प्राविधिले निकै महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाई थियो ।
अध्यक्ष चौरसियाले बारा जिल्लामा भने अहिलेको अवस्थामा पनी सुचना प्रविधिको पहुँच निकै कमजोर भएको आफुले पाएको भन्दै यसको बिस्तारमा जोड दिँदै नागरीकको पहुँचसम्म पु¥याउन सम्बन्धीत पक्षलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा क्यानका बरिष्ठ उपाध्यक्ष नवराज कुवँर, २ नम्बर प्रदेश प्रमुख बालकृष्ण श्रेष्ठ, केन्द्रिय सदस्य भुपालदास श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य सिकेन्द्र पासवान, सुदिप तिम्लसिना, अजय साह लगायतकाले सुचना तथा प्रविधिका बिबिध पक्षमा बिचार ब्यक्त गर्नुभएको थियो ।
क्यान बाराका संयोजक शशिभुषण प्रसाद यादवको सभापतित्वमा सम्पन्न प्रथम अधिवेशनले अध्यक्षमा गणेश ठाकुर, उपाध्यक्षमा सुदिप तिम्लसेना, सचिवमा अरुण कुमार साह, सहसचिवमा जीवन थापा र कोषाध्यक्षमा दिपक गुप्ता लाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सदस्यमा संध्या यादव, द्धारिकानाथ मण्डल, लक्ष्मण चौधरी, बिनोद साह, संजय यादव सर्वसम्मत चयन हुनुभएको सहसचिव जीवन थापाले जानकारी दिनुभयो ।

Source: Click Here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here