नेपाल टेलिकमको एप्लिकेशन सार्वजनिक

नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले अब लाइभ टिभी, चलचित्र र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् ।

यो सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ मंगलबारबाट सञ्चालनमा आएको छ । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा एप्स सञ्चालनमा आएको हो ।

उक्त एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका च्यानल हेर्न सकिन्छ ।

नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिन्छ ।त्यस्तै विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ ।

उक्त सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड/पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुने टेलिकमले जनाएको छ । अहिलेलाई दसैँ तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई सेवा उपलब्ध गराइएको पनि टेलिकमले जनाएको छ ।

एक महिना पछि  ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । उक्त मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ । ‘वाउटाइम’ मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here