डुअल फ्रण्ट क्यामेरासहितको एफथ्री सार्वजनिक गर्दै ओप्पो

डुअल फ्रण्ट क्यामेरासहितको एफथ्री सार्वजनिक गर्दै ओप्पो

९ बैशाख, काठमाडौं । ओप्पो मोबाइलले डुअल सेल्फी क्यामेरा स्मार्टफोन एफथ्री सार्वजनिक गर्ने तयारी गरेको छ। नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले लिन सक्नेछन् ।

नेपाल लगायत भारत, भियतनाम, ईन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा अपि्रल १बाट एफथ्री प्लसको फस्र्ट सेलको शुरुवात गरिएको थियो । सो समयेदेखि नै ओप्पोद्वारा गु्रप सेल्फी ट्रेण्डको शुरुवात गर्नुका साथै यसलाई बढावा दिइरहेको मानिन्छ ।साधारण सेल्फी क्यामेराका तुलनामा एफथ्रीमा यसमा दोब्बर फराकिलो फिल्ड अफ भ्यू उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ । एफथ्रीमा प्रयोगकर्तालाई फोन चलाउँदा गुणस्तरीय तथा उत्कृष्ट अनुभवका माध्यमबाट सन्तुष्टि प्रदान गर्ने सोचका साथ उच्च प्रदर्शनी (हाइ पर्फरमेन्स) हार्डवेयर र अनुकूलित -अप्टिमाइज्ड) सफ्टवेयर पनि उपलब्ध हुने जानकारी दिइएको छ ।सार्वजनिक गर्ने तयारीमा रहेको एफथ्रीमा पनि एफथ्री प्लसमा झैँ डुअल फ्रण्ट क्यामेरालाई निरन्तर्ता दिइएको छ । डुअल सेल्फी क्यामेरा मध्य एक ब्यक्तिगत सेल्फीका लागि र अर्कोमा ग्रुप सेल्फीका लागि डिजाइन गरिएको वाइड एङ्गल क्यामेरा उपलब्ध गरिएको छ ।

केही समय अगाडी सामूहिक रुपमा सेल्फी लिनुपर्दा प्रयोगकर्ताले सबैजना फ्रेममा अटाउनका लागि निकै झञ्झट ब्योहोर्नु पर्ने बाध्यता थियो । अनुहार काटिएर आउनु, सेल्फी सटमा ब्याकग्राउण्ड (पृष्ठभूमि) नअटाउनु लगायत समस्या सामान्य थियो ।

नयाँ फोनको माध्यमबाट ओप्पोले भ्रमणमा निस्कँदा सेल्फी खिच्नका लागि सेल्फी स्टिक बोक्नै पर्ने झञ्झटबाट छुटकारा दिने उद्देश्य बोकेको छ ।

‘सेल्फी एक्स्पर्ट’ एफ सिरिज अन्तर्गतको नयाँ एफथ्रीको उत्कृष्ट गु्रप सेल्फी, विकृति न्यूनिकरण (डिस्टोर्सन मिनिमाइजिङ) फिचर्स र ब्यूटिफाई फञ्शनले सेल्फी क्रान्तिको अग्रणी तथा फोन क्यामेरा उद्योगको प्रतिनिधित्व गर्दै प्रयोगकर्तालाई फराकिलो ‘फिल्ड अफ भ्यू’को साथमा गु्रप सेल्फी लिन सघाउँछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here