उच्च गतिको ‘१०० जीबीपिएस’ नेटवर्क विस्तार, वर्ल्डलिङ्क

नेपालका दश लाख घरमा विश्वस्तरीय फाइवर सेवाको विस्तार गर्न  तथा उच्च गतिको ‘१०० जीबीपिएस’ नेटवर्क विस्तारको शुरूवात ।
वर्ल्डलिङ्क कम्युनिकेशनस प्राइभेट लिमिटेड ले सन् २०२० सम्म नेपालका दश लाख घरमा विश्वस्तरीय ‘फाइवर टु द होम (FTTH) नेटवर्क सेवाको विस्तार गर्ने योजना लिएको छ। कम्पनीले नेपालका मुख्य शहर, शहरोन्मुख वस्ती तथा जनघनत्व धेरै भएका ग्रामीण वस्तीहरूलाई लक्षित गर्दै छिटो, भरपर्दो र आम नागरिकले उपभोग गर्न सक्ने इन्टरनेट सेवा तथा इन्टरनेट प्रोटोकल का माध्यमद्वारा प्रदान गरिने अत्याधुनिक प्रविधिमा आधारित टेलिभिजन सेवा (IPTV) प्रदान गर्ने लक्ष लिएको छ। हाल, उच्चस्तरीय इन्टरनेट सेवालिने एक लाख प्रयोगकर्ता भएको कम्पनीले ३० वटा शाखा तथा ६० वटा सम्पर्क कार्यालयबाट देशको ६३ जिल्लाहरुमाआफ्नो सेवा विस्तार गरेको छ ।

नेपालमा इन्टरनेट सेवाको विकास तथा विस्तारको लागि एउटा महत्त्वपूर्ण हिस्साका रूपमा नेतृत्वदायी भूमिका खेलिरहेको कम्पनीले भरपर्दो, विश्वसनीय र सस्तो इन्टरनेट सेवा प्रदान गर्न लागेको २१ वर्ष पुगेको छ। इन्टरनेट सेवा विस्तारका लागि पहिले नै ३ अर्ब रूपैयाँ लगानी गरि सकेको कम्पनीले आगामी तीन वर्षमा यो लगानी रकम बढाएर ७ अर्ब पुर्याउने लक्ष्य लिएको छ । यस प्रयोजनका निम्ति वल्र्डलिङ्कले तीनप्रमुखअमेरिकन कम्पनीहरू जुनिपर नेटवर्क, नोकिया नेटवर्कतथा सिस्को सिस्टमसँगको सहकार्यमा नेपालमापहिलोपटक “ १०० जीबीपिएस”भन्दा धेरै क्षमता भएको आन्तरिक नेटवर्क काठमाडौं उपत्यकातथा देशका प्रमुख शहरमा विस्तार गरिरहेको छ ।
हाल उपलब्ध प्रविधिहरू मध्ये सबै भन्दा उपयुक्त ‘फाइवर टु द होम’ सेवा घर घरमा पुर्याउने लक्ष्यका साथ क्लाइन्ट इण्ड अप्टिकल नेटवर्क टर्मिनल (ONTs) तथा अप्टिकल लाइन टर्मिनल (OLT) का लागि नोकिया नेटवर्कक म्पनीसँग सम्झौता भइसकेको छ । नोकिया पहिले अल्काटेल लुसेन्ट ) अप्टिकल नेटवर्क प्रविधिमा विश्व बजारको नेतृत्व गरेको सबैभन्दा लोकप्रिय कम्पनी हो । वल्र्डलिङ्कले नेट टिभी संगको सहकार्यमा ४० भन्दा वढि एचडी च्यानल सहितको गुणस्तरीय आइपी टिभी (IPTV) सेवा, एक हप्ता पुरानो रेकर्डेड कार्यक्रम हेर्न पाउने व्यवस्थाका साथै मोबाइल, ट्याबलेट तथा ल्यापटप जस्ता फरक फरक स्क्रिनहरूमा पनि हेर्न सकिने गरि अरु गलोवल ओभर द टप कन्टेन्ट (OTT) सेवाको विस्तार गरेको छ ।
विश्वस्तरीय साझेदारहरू संगको सहकार्य सहितको थप लगानीले वल्र्डलिङ्कका सेवाहरू अझ छिटो छरितो र भरपर्दो हुनुका साथै आम नेपालीउपभोक्ताको पहुँचमा पुग्नेछ । वल्र्डलिङ्क सबै दिनहरूमा नेपालअधिराज्य भरी विहान ६ बजेदेखि साँंझ ७ बजेसम्म विशिष्ट ग्राहक सेवा प्रदान गर्ने पहिलो कम्पनीका रूपमा स्थापित भएको छ । ग्राहक सेवा का हिसाबले ग्राहकआफैले लिइरहेको सेवाको अधिक उपयोग तथा व्यवस्थापन गर्न सक्ने वेव पोर्टल र मोबाइल एप्सहरूको व्यवस्था गरिरहेको  छ जसका माध्यमले ग्राहक बर्गहरुले जुनसुकै समयमा यस कम्पनीको सेवासुविधा लिन र यसका वारेमा जान्न सक्नुहुनेछ ।
साथै नयाँ बर्ष २०७४ सालको उल्लास सँग सँगै हालको कमक्षमताको इन्टरनेट ग्राहकहरुको ब्यण्डविथ निशुल्क बृद्धि गर्दै नयाँ उच्च गतिका प्याकेजहरु पनि बजारमा ल्याउदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here