आज र भोलि क्यान आइसीटी सम्मेलन २०१७ हुँदै

१७औं क्यान आइसिटी कन्फरेन्स आज र भोली  (माघ १६ र १७) मा  छ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको यस संस्करणको क्यान आई.सी.टी कन्फेरेन्स सोल्टी क्राउन प्लाजा, काठमाण्डौंमा हुने छ । कन्फरेन्सको पनि शिर्ष प्रायोजक सुविसु तथा एशोसिएट प्रायोजक सामसुङ रहेको हुनाले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१७ ईन एशोसिएशन विथ सामसुङ”रहेको छ ।

 “Information and Communication Technology for Sustainable Development (ICT4SD)” विषयमा दुई दिने १७औं अन्तराष्ट्रिय ICT Conference आयोजना गर्न लागिरहेका छौं । सम्मेलनमा Smart City / Village / Communities, Smart Agriculture, Smart Education, Smart Health का विषय वस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश हुनेछन् । कन्फरेन्सको समुद्घाटन माननीय सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की ज्य्ुले गर्नुहुनेछ । उद्घाटन कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव, सञ्चार मन्त्रालय र विज्ञान मन्त्रालयका सचिव, सूचना प्रविधि विभागका महानिर्देशक, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलगायतको उपस्थिति रहनेछ । कन्फरेन्सको की नोट स्पिकरमा जर्मनीबाट प्राध्यापक एवं कोरिया, भारत तथा नेपालका विभिन्न अनुसन्धाता, शोधकर्ता एवं विषय विज्ञहरु रहनु हनेछ .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here