प्रविधिको कुम्भमेला सुविसु क्यान इन्फोटेक २०१७, आज तेश्रो दिन

second day can infotech 2017

क्यान महासंघले २३औं संस्करणको रुपमा आयोजना गरेको “सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ”मा हिजो दोश्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । इन्फोटेकको पहिलो दिन बिहिबार ३४ हजार एक सय ५४ जनाले अवलोकन गरेकोमा दोश्रो दिन आज ३६ हजार १ सय १८ जनाले अवलोकन गरेका छन् । आजसम्म ७० हजार २ सय ७२ जनाले मेलाको अवलोकन गरिसकेका छन् । सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ”मा अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिताले हामीलाई थप उत्साह र हौसला मिलेको छ ।

can infotech 2017

जारी इन्फोटेकमा सहभागि कम्पनीहरुले आज नयाँ नयाँ प्रविधिजडित उत्पादन तथा सेवाहरु आकर्षक स्किमका साथ सार्वजनिक गरेका छन । आज विशेष गरी इन्टरनेट सेवा प्रदायक स्टलहरु, नेपाल टेलिकम, स्मार्टफोन र ट्याब्लेटका स्टलहरु, ल्यापटप÷कम्प्युटरका स्टलहरु, इन्भर्टर तथा ब्याट्रीका स्टलहरु, सफ्टवेयर तथा एन्टिभाइरसका स्टलहरु, फोटोकपी, प्रिन्टर, प्रोजेक्टर, स्क्यानर, एटेन्डेन्स मेशिन, राउटर, सिसिटिभी लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो ।

“सुविसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ”मा शीर्ष प्रायोजक कम्पनी सुबिसु केबल नेटले क्लियर टिभी र इन्टरनेटको सुपुर कम्बो अफर मात्र रु ७९९९ (कर सहित) मा प्रदान गरेको छ जसमा ३ महिनाको लागि २ एम बि पिए स इन्टरनेट तथा क्लियर टिभी प्रिमियम प्याकेज (४० एचडी च्यानल सहित १५५ च्यानल भन्दा बढी) का साथै ग्राहकहरुले वाइफाई राउटर, क्लियर टिभी सेटटअप बक्स, जडान खर्च निस्शुल्क रुपमा प्राप्त गर्न सक्नुहुनेछ ।
त्यस्तै सामसुङले नयाँ स्मार्टफोनका रुपमा ग्यालेक्सी सी ९ प्रो, ग्यालेक्सी ए सिरिज र ग्यालेक्सी अन ७ प्रोलाई प्रदर्शनीमा राखेको छ । त्यसैगरी मर्कन्टाइल, नेपाल टेलिकम, हुवावे, ओप्पो, नेटिस, एसपावर, एमआई, लेनोभो, खल्ती लगायतका प्रडक्ट र सेवाका नयाँ र पछिल्ला संस्करण प्रदर्शनीमा राखिएको छ । माइक्रोम्याक्सले क्यान इन्फोटेकको अवसरमा २६ हजार रुपियाँमै ४ जिबी र्याम भएको यू यूनिकर्न स्मार्टफोन ल्याएको छ भने संसारको सबैभन्दा सानो स्टिक कम्प्यूटर ट्वोकी स्टिक पनि क्यान इन्फोटेक २०१७ मा प्रदर्शनीमा राखिएको छ । ओप्पो स्र्माटफोनले क्यान इन्फोटेक २०१७ मा आकर्षक अफरहरुका साथै सेल्फी कन्टेस्ट समेत आयोजना गरेको छ । उसले प्रत्येक स्मार्टफोन खरिदमा ७% छुट दिएको छ । चिनियाँ मोबाइल ब्राण्ड ब्ल्याकभ्यूले क्यान इन्फोटेक २०१७ मा आफ्नो ह्याम्मर प्रुफ मोडल विभि ६००० प्रदर्शनीमा राखको छ । सोनीले पावरबैंकबाट चल्ने टेलिभिजन नेपालमा सार्वजनिक गरेको छ । त्यस्तै एन्जल बाइनेरीले क्यान इन्फोटेक २०१७ लाई लक्षित गर्दै एन्जल बाइनेरी टोटल सेक्यूरिटीको खरिदमा जोएस्टीक र वायरलेस माउस मध्य कुनै एक प्रदान गरिरहेको छ । त्यसैगरी ईजोन इन्टरनेसनलको क्लाउड बेस्ड सफ्टवेयरहरु क्यान इन्फोटेकमा प्रदर्शनीमा राखेको छ ।
जारी इन्फोटेकमा विशेषगरी मोबाइल र इन्टरनेट सेवाप्रदायकका स्टलमा आकर्षण बढेको छ । इन्फोटेकमा ओप्पो, एमआई, मेजु, हुवावे, लेनोभो, इन्फोकस, वानप्लस, माइक्रोम्याक्स, सोनी, बण्डीलगायतका स्मार्टफोनका नयाँ एवं पछिल्ला मोडल प्रदर्शनी गरिएको छ । त्यस्तै विभिन्न इन्टरनेट सेवाप्रदायकहरुले उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सस्तो मुल्यमै अफर गरेका छन् । ईन्फोटेकको अर्काे आकर्षणको केन्द्र राउटर र ल्यापटपका स्टलहरुमा बनेको छ । डिजिकमले विभिन्न मोडलका राउटरहरुमा एक हजारसम्म छुट प्रदान गरेको छ भने नेटिस ब्राण्डका उच्चस्तरका राउटरहरुमा पनि विशेष छुट र बुलगार्ड सेक्युरिटी प्रडक्ट दिइएको छ । प्रदर्शनीमा लेनेभो, डेल र एसरका नयाँ भर्सनका ल्यापटपहरु विशेष अफरसहित सार्वजनिक भएका छन् । त्यसैगरी ईन्फोटेकमा सहभागि एसोसरिजका स्टलहरु पनि भरिभराउ देखियो । पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, हेडफोन, म्युजिक साउन्ड सिष्टमका स्टलहरु अवलोकनकर्ताहरुको नजरमा प¥यो ।
४ लाखभन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखिएको प्रदर्शनीमा विशेष गरी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा उच्च गतिको इन्टरनेट सेवा, मोबाईल तथा टेलिफोन कम्पनीहरुको आकर्षक अफर रहेको छ । त्यस्तै बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियत र स्किमका साथ उपलब्ध छन् । मेलामा नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट, सफ्टवेयरहरुमा नयाँ संस्करणसहितको अपडेट मोडल उपलब्ध हुनका साथै नयाँ कम्पनी तथा उत्पादनहरु समेत भित्र्याएका छन ।स्मार्टफोन÷ट्याब्लेट अन्तर्गत माइक्रोम्याक्स, डिटिसी, प्रेष्टिजिओ, किभी लगायतका स्टलहरु आकर्षणको केन्द्र बन्यो । हुवावेले ल्याएको जि ७ प्लस स्मार्टफोन पनि धेरैको रोजाईमा प¥यो । त्यस्तै एइइले ल्याएको वाइफाइ सुविधा भएको बिशेष क्यामेरा, ड्रोन्स र रेकर्डरहरु पनि मेलाको आकर्षण बन्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here