Shishir Lamsal elected President of CAN Federation Dang Chapter

can-dang

1

दाङ, मंसिर २४ । कम्प्युटर ब्यवसायिहरुको छाता संगठन क्यान महासंघ दाङको नयाँ नेतृत्व पुर्व सहमति अनुसार चयन भएको छ । क्यानका केन्द्रिय अध्यक्ष विनोद ढकालको उपस्थितीमा एक वर्ष अघि भएको सहमति अनुसार शिशिर लम्सालको अध्यक्षतामा सहसचिव र एक जना सदस्य पछि थप गर्नेगरी नयाँ कार्यसमिति चयन गरीएको हो ,जसको उपाध्यक्षमा कृष्ण वली, महासचिवमा रोशनमान श्रेष्ठ, कोषाध्यक्षमा धिरज पौडेल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा शिवकुमार भण्डारी,सिर्जन रेग्मी, दामोदर बस्नेत(राकेस), मोलाल भण्डारी, केदार गिरी रहनुभएको छ । यसपुर्व क्यान राप्ती र क्यान दाङ दुवै क्यान महासंघमा समाहीत भएपछि चक्रीय प्रणालि अनुसार नेतृत्व चयन गर्ने सहमति भएको र सो अनुसार नेतृत्व चयन गरेको क्यान महासंघका नवनिर्वाचित महासचिव रोशनमान श्रेष्ठले बताउनुभयो ।यसैबिच क्यान महासंघ दाङको पद हस्तान्तरण कार्यक्रम पनि आजै घोराहीमा सम्पन्न भएको छ । लम्साल नेतृत्वको नयाँ कार्यसमितिलाई पद हस्तान्तण गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि संस्थापक अध्यक्ष तथा पुर्व केन्द्रिय सदस्य पिताम्वर पौडेल, विशिष्ट अतिथि नेपाल पत्रकार महासघ दाङका सल्लाहकार सविन प्रीयासनले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई टिका तथा खादा ओढाएर बधाई तथा शुभकामना दिनुभएको थियो । क्यान दाङका पुर्व अध्यक्ष नरेन्द्र पुनको अध्यक्षतामा भएको कार्यक्रममा सुरेन्द्र रिजालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने सहजिकरण कमल पुजालिले गर्नुभएको थियो ।