अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले साइबर अपराधकाे मुद्धा हाल्ने

काठमाडौं—अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले आफूलाई सामाजिक सञ्जालमा दुर्ब्यवहार भएको भन्दैं साइबर अपराध अन्तर्गत मुद्धा दायर गर्ने बताएकी छिन् । उनले आफूलाई विभिन्न सामाजिक कार्यक्रममा जाँदा आयोजकले ओढाइदिएको खादाको लगाएको तस्विर पोष्ट गर्दा धर्म र संस्कृति त्यागेको भन्दैं अपशब्द प्रयोग गरिएकाले त्यस विरुद्ध कानुनी उपचार खोज्न लागेको बताइन ।

‘हामी विधी र कानुनी शासनको कुरा गर्छौ,’ उनले नेपालीपत्रसँग भनिन्, ‘राजनीतिक आलोचनाहरु जायज हुन् तर नितान्त ब्यक्तिगत गालीगलौज र अपशब्दहरु कदापी स्वीकार्य हुन सक्दैंन् । त्यसैले यसको कानुनी उपचार खोज्छु ।’

उनले सामाजिक सञ्जालमा महिलामाथि गरिने यस्ता भद्धा आलोचना र ब्यवहारले नारीहरुको दुब्र्यवहार हुने गरेको बताउँदैं यसका विरुद्ध सडकमा समेत जाने तयारी आफूहरुले गरेको बताइन् । ‘सामाजिक मुल्य मान्यता विपरितका यस्ता हर्कतहरु हामीलाई मान्य छैन्,’ उनले भनिन् ।

अध्यक्ष लामा विभिन्न कार्यक्रममा पुगेका बेला आयोजकहरुले उनलाई सम्मान स्वरुप खादा ओढाइदिएका थिए । उक्त तस्विर फेसबुकमा पोष्ट गरेपछि उनलाई तामाङ र पहिचान विरोधी भएको भन्दैं फेसबुकमा तीब्र गाली गलौजसहित अपशब्द प्रयोग गरिएको थियो । उनीहरुले राजनीतिक स्वार्थका लागि बुद्ध धर्म र तामाङ संस्कृति छाडेको भन्दैं अपशब्द प्रयोग गरेर कमेन्ट गरेका थिए ।

यतिमात्र होइन् लामाले आफ्नो धर्म, संस्कृति छाडेको भन्दैं केही उनलाई गृहजिल्ला प्रवेश गर्न रोक लगाउने भन्दैं सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए ।

उनले नेपाल बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले आफूले सबै संस्कृति, भाषा, संस्कृति र जातजातिको सम्मान गर्ने बताउँदैं यस्ता अपशब्दहरुमार्फत आफूमाथि दुर्व्यहार भएकाले त्यसको उपचार खोज्न लागेको बताइन् ।