फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला ?

Author:  Bhaskar Bhatta

१-फोन नम्बरःसोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाई ले  फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः

मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।फोन नम्बर बाट तपाई को लोकेशन सजिलै  ट्रैक गर्न  सकिन्छ।

२-जन्मदिनः
ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ । तेइ जन्ममिति राख्ये र तपाई लाइ ब्लेकमेल गर्ने  सम्भावना धेरै हुन्छ ।

३-वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेशः
अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।आजकाल यो समस्या  जटिल बन्दै गइ रहे को देख्न सकिन्छ हाम्रो साथी को लिस्ट मा  नचिनेको  धेरै  मान्छे एड  भएको  हुन्छन अझ मुख्य समस्या यो छ कि तिनीहरु ले हाम्रो गतिविधि सजिलै पाउन सक्छन् ।अस्ति  भएको एउटा सर्वेक्षण अनुसार हाम्रो प्रोफाइल मा आधा

जति साथी नचिने को  हुन्छन भन्ने देखाऊछ।

४-रिलेसनशीप स्टेटसः
यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

५-क्रेडिट कार्ड डिटेल्सः
क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

६-आफ्नो बसलाई नजोड्नुहोस्ः
यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

७-आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्ः
फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ । उदाहरण को लागि मानी लिनुस तपाई आफ्नो परिवारको  साथ मा बाहिरजानु हुनुहुन्च र तपाई यो status facebook मा  राख्नु हुन्छ।यसले तपाई को घर मा  चोरी हुने सम्भावना बढौंउन सक्छ। चोरलाई तपाई घर मा हुनु हुन्नभने  कुरा  थाह भयेपछि झन् सजिलो भएनत।

८-छुट्टिको जानकारी नदिनुहोस्ः
याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

९-परिवारको तस्बिर नराख्नुहोस्ः
यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

१०-बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्ः
तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।बालबच्चाको स्कूलको जानकारी ले किड्नेप गर्ने सम्भावना बढाऊन सक्छ ।

११-लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्ः
आइफोन होस् वा एन्ड्रोइड , लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।