कमटेकमा उत्साहजनक सहभागिता ४५ हजार ५११ जना को अवलोकनकर्ता

 बिहिवारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को आज दोश्रो दिन अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको कमटेक मेलाको आज ४९ हजार ५ सय ११ जनाले अवलोकन गरेका छन् । मेलाको अहिलेसम्म ८८ हजार ६ सय ७८ जनाले अवलोकन गरेका छन् । अवलोकनकर्ताहरुको उत्साह र प्रतिक्रियाले हामीलाई थप हौसला र प्रेरणा मिलेको छ । अवलोकनकर्ताहरुको प्रतिक्रियालाई हामी आत्मसाथ गर्दै अघि बढ्ने प्रण गर्दछौ ।

300_6446 300_6442 300_6439 300_6433

 प्रदर्शनीमा सहभागि कम्पनीहरुले आज नयाँ नयाँ उत्पादनहरु सार्वजनिक गरेका छन् । आकर्षक अफर हरु सार्वजनिक गर्न कम्पनीहरुबीच तिव्र प्रतिस्पर्धा चलेको पाइयो । कम्पनीहरुले प्रदान गरेको सहुलियत र विभिन्न आकर्षक स्किमहरुले अवलोकनकर्ताहरुलाई राहत दिलाएको हामीले अनुभूति गरेका छौं ।

 कमटेकको शिर्ष प्रायोजक सुविसु केवलनेटले क्लियर टिभी तथा इन्टरनेटमा विशेष अफर ल्याएको छ । प्रदर्शनीमा सुविसुले केवल इन्टरनेट र क्लियर टिभीको आकर्षक अफर घोषणा गरेको हो । जस अनुसार २ हजार ९ सय ९९ रुपैंयामा क्लियर टिभी र ५ हजार ९ सय ९९ रुपैंयामा केवल इन्टरनेट उपलब्ध गराएको छ । त्यस्तै सुविसुले केवल इन्टरनेट र क्लियर टिभी कम्वो अफरहरु पनि सार्वजनिक गरेको छ । यि अफरहरुमा एचडी सेटअप बक्स र वायरलेस केवल मोडियम निःशुल्क प्रदान गरिरहेको छ ।

 त्यस्तै कमटेकको एशोसियत स्पोन्सर सामसुङले ल्याएको विभिन्न उत्पादनहरुमा अवलोकनकर्ताको ध्यान केन्द्रित भएको पाइयो । सामसुङले ल्याएको फ्ल्यागसिप नोट सेभेन आकर्षणको केन्द्र बन्यो । यो फोन आधा घण्टासम्म पानीमा डुबे पनि केही नहुने कम्पनीले दावी गरेको छ । यसका साथै सामसुङले एस बाइक मोड, अल्टा डेटा सर्भिस मोड, टर्वाे स्पिड टेक्नोलोजी, अल्टा पावर सेभिङ मोड भएका जे सेरिजका फोनहरु उपलब्ध गराएको छ  । साथै भर्चुअल रियालिटी डिभाइसको रोचक अनुभव लिन सकिने सुविधा पनि दिएको छ ।

 कमटेकको डायमण्ड स्पोन्सर नेपाल टेलिकमले ५० रुपैंयामा ५० रुपैंया नै ब्यालेन्स भएको जिएसएम प्रिपेड सिमकार्ड वितरण गरिरहेको छ । त्यस्तै प्रदर्शनीमा फाल्कोन इन्टरनेशनलले थ्रिजी, फोरजी र डुअल ब्यान्ड गिगाबाइट राउटरहरु सार्वजनिक गरेका छन् । कम्पनीले कुनै पनि उत्पादनको खरिदमा बुलगार्ड इन्टरनेट सेक्यूरिटी निःशुल्क उपलब्ध गराएको छ । कम्पनीले १९ सयदेखि ४ हजार रुपैंयासम्मका राउटरहरु प्रदर्शनीमा राखेको छ । यी राउटरहरुबाट वायरलेस एक्सेसका साथै फाइल सेयरिङ, मिडिया स्ट्रिम गर्न तथा एफटिपी सेट गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै जेडटिईले बी २, बी ३ र ब्लेड एस ५ फोन सार्वजनिक गरेको छ । कम्पनीले हरेक फोनको साथमा सेल्फी स्टिक निःशुल्क प्रदान गरिरहेको छ । सागर डिष्टीब्युसनले एनइसी ब्राण्डको १००० मोडलको नयाँ पीबीएक्स सिष्टम ल्याएको छ ।  भिओआइपी सपोर्ट गर्ने यसले ८ देखि १२८ ओटासम्म एक्सटेन्सन पोर्ट सपोर्ट गर्छ ।

 त्यस्तै मर्कन्टाइल अफिस सिष्टमले एस ब्राण्डको कन्भर्टेवल डिभाइस स्विच अल्फा १२ ल्यापटप र ट्याब्ल्लेट ल्याएको छ । त्यस्तै बेल्ट्रोनिक्सले वाइफाइ राउटरको ब्याकअप ल्याएको छ । जसको प्रयोगबाट लोडसेडिङमा पनि ५ घण्टासम्म इन्टरनेट चलाउन सकिने कम्पनीको दावी छ । माइक्रोलाइफले ल्याएको स्वास्थ्य परिक्षण मेसिनहरु पनि अवलोकनकर्ताहरुको नजरमा प¥यो । त्यस्तै ईन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंकले जडान शुल्क निःशुल्क गर्नुका साथै सेट अप बक्स र फाइवर राउटरमा सहुलियत दिएको छ । त्यस्तै अर्काे कम्पनी भायनेटले पनि फाइवर होम क्यान अफर ल्याएको छ । भायनेटले निःशुल्क जडान सुविधाका साथै एक महिना निःशुल्क इन्टरनेट सुविधाको अफर सार्वजनिक गरेको छ । वेबसर्फरले पनि जडान शुल्क र वाइफाइ राउटर निःशुल्क गर्नुका साथै दुई महिनाको बोनस र नगद छुटको अफर ल्याएको छ । ब्रोडलिंकले पनि निःशुल्क जडान, फ्रि भ्वाइस कल, फ्रि डिभाइस लगायतका स्किमहरु ल्याएका छन् । त्यस्तै मेलामा राखिएको जीपीएस भेहिकल ट्रयाकिङ सिष्टमले पनि धेरैको ध्यान खिचेको पाइयो । कमटेकमा ब्रडर ब्राण्डका नयाँ प्रिन्टर तथा फोटोकपी मेसिनहरु विशेष छुटसहित उपलब्ध गराएको छ । प्रदर्शनीमा ल्यापटप, स्मार्टफोन, पावरबैंक, पेनड्राइभ, मेमोरी, चार्जर लगायतका स्टलहरुमा अवलोकनकर्ताहरुको भरिभराउ देखियो ।

 प्रदर्शनीमा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, इलेक्टिोनिक्स सेक्यूरिटी तथा सेप्mटी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, पेमेन्ट सोलुसन्स् लगायत गरी एक सय वटा स्टलहरु रहेका छन् ।कमटेकको अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क ५० रुपैंया र विद्यार्थीहरुलाई २५ रुपैंया तोकिएको छ । त्यस्तै सरकारी विद्यालयहरुबाट अग्रिमरुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कमटेक अवलोकनका लागि अनलाईन टिकटको व्यवस्था मिलाईएको छ भने सूचना प्रविधि प्रयोगलाई बढावा दिने उद्धेश्यले अनलाईन टिकट खरीदमा २० प्रतिशत छुटसमेत प्रदान गरिने छ ।अवलोकनकर्ताहरुको सुरक्षा र सुविधाका लागि प्रदर्शनीस्थल तथा परिसर सीसीटीभीको माध्यमबाट निगरानी राखिएको छ भने सुरक्षा गार्ड र स्वयंसेवकको तर्फबाट आवश्यक सेवा र सहयोग उपलब्ध गराउने ब्यवस्था मिलाईएको छ । साथै भोलि शनिवार सार्वजनिक बिदाका दिन हुने अवलोकनकर्ताको चापलाई मध्यनजर गर्दै सवारीसाधनको पार्किङका लागि विशेष व्यवस्था समेत मिलाएका छौ । सनराइज बैंक लिमिटेडकोे एटिएम सुबिधा समेत प्रदर्शनीस्थलमा रहेकोले अवलोकनकर्ताहरुलाई पैसा बोक्ने झन्झट कम हुनेछ भन्ने हाम्रो विश्वास छ । एक लाख ५० हजारले अवलोकन गर्ने अपेक्षासहित आयोजित प्रदर्शनी आगामी २६ गतेसम्म संचालन हुनेछ ।