टेलिकमले ल्यायो शिवरात्रि फेस्टिभल अफर

Nepal telecome mahashivaratri offer

शिवरात्रिको अवसरमा नेपाल टेलिकमले फेस्टिभल अफर ल्याएको छ। उक्त अफरमा डाटा बन्डल प्याकेज अन्तर्गत ७५ रुपैयाँमा १ सय एमबि डाटा र बोनसको रुपमा १ सय एमबि नै यूट्यूब डाटा प्याक दिने भएको छ। उक्त डाटा १५ दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। यस्तैगरी १ सय ५० रुपैयाँमा २ सय एमबि डाटा र बोनसको रुपमा त्यति नै एमबिको यूट्यूब डाटा प्याक उपलब्ध गराइएको छ। यी दुवै डाटा प्याकेज ३० दिनसम्म २४ सै घण्टा प्रयोग गर्न सकिने छ।

१ सय एमबिको लागि U100 र २ सय एमबिका लागि U200 टाइप गरी १४१५ मा एसएमएस गर्न सकिने कम्पनीले जनाएको छ। त्यस्तै फेसबुक प्याकेजअन्तर्गत २२ रुपैयाँ ६० पैसामा ५ दिनको अवधिका लागि १ सय एमबि फेसबुक प्याकेज पनि टेलिकमले उपलब्ध गराएको छ।उक्त सेवा प्राप्त गर्नको लागी फेसबुक टाइप गरी १४१५ मा एसएमएस गर्न सक्नुहुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here