साईबर सुरक्षा सम्बन्धि चेतनामूलकअन्तरक्रिया कार्यक्रम सम्पन्न

Author/Writer Name

Bharat Raj Upreti

सूचना प्रविधिको विकाससँगै यसका चुनौतीहरु थपिदै गएको छ । इन्टरनेट अहिलेको सूचना प्रविधिको भरपर्दो माध्यम भएकोेले साइवर थ्रिट इन्टरनेटबाटै बढी हुने गरेका घटनाहरु दिनानुदिन सार्वजनिक भइरहेका छन् । विकाशील देशहरुमा साइवर थ्रिटको चुनौती दोब्बर बढ्दै गइरहेको बिभिन्न तथ्यांकहरुले देखाइरहेका छन् । फिसिग, स्कामिगमार्फत इन्टिलिजेन्स अर्थात स्मार्ट फ्रड हुदै आएका छन् । नेपालमा अहिले साइवर थ्रेटको अवस्था सबैभन्दा बढी छ ।  कार्यक्रममा विशिष्ट अतिथि सर्वोच्च अदालतका आइटी निर्देशक कृष्ण प्रसाद पौडेलले साइवर थ्रेट अहिलेको चुनौती भएकोले यसलाई वेवास्ता गर्ननहुने बताए । सूचना, नेटवर्क र डाटा सुरक्षामा थ्रेट बढिरहेकोले यी तीनै कुरालाई सुरक्षित बनाउने दायित्व स्टेक होल्डर, सर्भिस प्रोभाइडर र सर्भिस होल्डर अर्थात युजरहरु भएकोेले सबै संवेदनशील हुनुपर्ने बताए । इन्टरनेट नै साइवर थ्रेट र अपराधको निशाना भएकोले इन्टरनेट प्रयोगकर्ताहरुमाझ व्यापक जनचेतना फैलाउन सबै एकबद्ध भएर लाग्नुपर्नेमा पोडैलले जोड दिए ।बैकिङ तथा डाटा म्यानेजमेन्ट सेक्युरिटी विज्ञ दिव्य तारा शाक्यले साइवर थ्रेट सूचना, नेटवर्कको मार्फत डाटामा बढी केन्द्रित हुदै गएकोले डाटा सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । डाटा सुरक्षाको लागि डाटा व्यवस्थापनमा ल इन्फोर्सको मुख्य भूमिका हुने उल्लेख गर्दै बैकिङ तथा बित्तिय क्षेत्रसँगै कर्पोरेट हाउसहरुले डाटा सुरक्षाको लागि सेक्युरिटीका लेयरहरु बढाउदै लैजानुपर्ने बताइन् । ठूला अर्गनाइजेसन तथा कर्पोरेट हाउसहरुले सूचना सुरक्षा योजना साइवर सुरक्षा ल मार्फत इन्फोर्स गर्न ढिलाई गर्न नहुने समेत विज्ञ दिव्य ताराले बताउनुभयो ।
ह्याकर र साइवर अपराधीहरु प्रविधिको प्रयोगमा अभ्यस्त भइसकेकाले आफ्नो कब्जामा कसरी लिने भन्ने कुरामा पोख्त बनिसकेका छन् । सोसल मिडिया प्रयोगले साइवर थ्रिएट र अपराधलाई बढाइरहेको छ । हप्तामा एक न एक जना साइवर अपराधको जालमा फसिरहेका घटनाहरु सार्वजनिक हुन थालिरहेका छन् । साइवर सुरक्षाको यस्तो भयावह चुनौती नेपालमा सृजना भएको छ । यसका लागि हामी प्रविधि प्रयोगकर्ताहरु होसियार र सचेत बन्न जरुरी छ । अरुलाई प्रविधिको उपादेयता बताइरहेका हामी पनि कुनै न कुनै प्रकारबाट साइवर थ्रिएटमा छौं । चाहे इन्टरनेटमार्फत सोसल मिडिया चलाउदा होस् या अनलाइन सपिङ गर्दा वा अनलाइन टान्जेक्सन एटीएमबाट पैसा निकाल्दा नै किन नहोस् सानो कुरालाई ख्याल नगर्दा साइवर अपराधको शिकार बन्न सक्छौ । यस्तो अवस्थालाई चिर्न व्यापक जनचेतनाको खाँचो देखिएको छ । आइसिटी युवा पुस्तालाई प्रविधि प्रयोगमा प्रोत्साहन गराउदै आइसिटी जनचेतना फैलाउन अहिलेको पहिलो आवश्यकता हो । यसै कुरालाई मध्यनजर गर्दै इन्फोसेक इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टीम नेपालले ललितपुर ग्वार्को अवस्थित एकडेमिया इन्टनेशननल कलेजमा ब्याचलर आइटी बिद्यार्थीमाझ साइवर सुरक्षाको जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।


इन्टरनेटमार्फत साइवर थ्रेट, मालवेयर, स्पाम, फिसिङ मार्फत एटीएम कार्ड फ्रड, कार्ड स्वेप फ्रड कसरी हुन्छ र त्यसका लागि हामी सचेत रहन के गर्ने भन्ने बारेको आधारभुत तर अति नै महत्वपूर्ण जानकारी आइटी एक्सपर्ट अमरराज भण्डारीले सहभागी बिद्यार्थीहरुलाई सरल र स्पष्ट तवरले दिनुभयो । इन्टरनेटमार्फत हुने साइवर थ्रेट बारेको ज्ञानको शेयरिङ र जनचेतना नै साइवर अपराधबाट बच्ने मुख्य उपाय हो राजभण्डारीले बताए । कार्यक्रममा इन्टरनेट सोसाइटी च्याप्टर नेपालका अध्यक्ष तथा आइटी विज्ञ विक्रम श्रेष्ठले इन्टरनेट प्रयोग गेटवे खुल्ला गेटवे भएकोले यसको प्रयोगमा विभेद भौगोलिक प्राविधिक दुबै तवरबाट हुन नहुने बताए । सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोगले नेपालमा साइवर स्पेस बढ्दै गएको उल्लेख गर्दै आम पब्लिक प्रयोगकर्ता माझ सूचना र डाटा सुरक्षाको चेतनास्तर बृद्धिका लागि जनचेतनाका बिभिन्न कार्यक्रमहरु बिभिन्न माध्यममार्फत सञ्चालन गर्नुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । सोसल मिडियामार्फत हुने ह्याकिङ जसमा पासवर्ड र डाटा चोरी नै साइवर क्राइम भएको लाबा नेपालका प्रताप नेम्वहाङले बताए । सोसल मिडियमा पासवर्डको डिजिट कसरी राख्ने र महत्वपूर्ण फाइललाई कसरी इन्क्रिप्ट गरी सुरक्षित गर्ने भन्ने बारेको महत्वपूर्ण जानकारी समेत नेम्वहाङले दिए । आइवर सेक्युरिटी वित्र तथा इन्फोसेक नेपालका संस्थापक निर्देशक डिल्ली प्रसाद शर्माले साइवर सुरक्षाको चेतना बिद्यार्थीबाटै राष्टियस्तरमा लैजानुपर्ने आवश्यकता रहेको बताए । शर्माले इमेल इन्टरनेटमार्फत हुने लोटरी स्काममा धेरै छिट्टै फस्ने भएकोले यसबारेको चेतना जनस्तरमा पुर्याउन सामाजिक स्तरबाट साइवर सुरक्षा चेतना अभियान नै थाल्नुपर्नेमा जोड दिए ।

एकाडेमिया कलेजका प्रिन्सिपल राजेशकाजी श्रेष्ठले इन्फोसेक नेपालले सूचना प्रविधिको विकास टेण्डसँगै देखा परेको ग्लोबल साइवर थ्रेट र सुरक्षा विषयमा सम्बन्धित विज्ञहरु मार्फत यसको ज्ञान र चेतना आफू सँगै एकाडेमिया कलेजका बिद्यार्थीहरुलाई दिने सहजता प्रदान गरिदिएकोमा विशेष धन्यवाद प्रकट गर्नुभयो । साथै आगामी दिनहरुमा अझ विस्तृत रुपमा डेलिभर गर्नका लागि समन्वयको अपेक्षा समेत व्यक्त गर्नुभएको थियो । सूचना प्रविधिका बिभिन्न डिभाइसमार्फत इन्टरनेटको प्रयोगले मालवेयर एडवेयर, रेनसमवेयर, स्पाम, फिसिङको अवस्थालाई बढाएको पछिल्लो रिपोर्टले देखाको छ । नेपाल प्रहरीको पछिल्लो रिपोर्टले नेपालमा साइवर क्राइमको अवस्था भयावह रहेको देखाएको छ । ‘साईबर थ्रेट रिपोर्ट २०१५’ र ‘इन्फर्मेशन सेक्युरिटी सर्भे रिपोर्ट २०१५’ को प्रतिवेदन सार्वजनिक गर्दै रिगो टेक्नोलोजीले नेपालमा साइवर थ्रिएट र चुनौती खतराजनक रहेको उल्लेख गरेको छ । ह्याकिङ सर्च ट्रेन्ड्स’ मा नेपाल विश्वमै अगाडि रहेको देखाएको छ । नेपाल सरकारको वेभसाइटहरु ह्याकिङ हुने क्रम दोब्बर तेम्बर गुणा बढिरहेको छ । साइवर सुरक्षाको आधारभुत विधिहरु नपअनाउदा महत्वपूर्ण डाटाहरु कतिखेर चोरी हुने हो टुंगो छैन । प्रविधिको होडमा दैडिरहेका हामी प्रविधि प्रयोगमा सचेत नहुदा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था पुगिसकेका छौं । बढ्दो अपराधबाट बच्न अब पनि हामी सचेत नभए अरु को सचेत बन्ला भन्ने इन्टरनेट नै साइवर थ्रेट र अपराधको खुल्ला बाटो भएकोले इन्टरनेट प्रयोगलाई मजाक र समय कटाउने मेसोको रुपमा होइन सूचना र ज्ञानमुलक प्रयोगका लागि सबैलाई सचेत गराउन अब पनि ढिलाई गरे सूचना प्रविधि प्रयोगको जीवनको ठूलो भुल बन्न के बेर । बेलैमा आफू सचेत भई अरुलाई पनि सचेत बनाऔं । साइवर अपराधमुक्त समाजको विकास गर्रौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here