अबको दुनिया क्लाउड कम्प्युटिङ्ग

कम्प्युटरको प्रयोग विना आजको विश्व असम्भवप्राय बनिसकेको छ । शुरुका दिनहरुमा सिड्डल अपरेटिड्ड सिस्टमको वाहुल्यता रहेतापनि केहि दशक यता नेटवर्क अपरेटिड्ड सिस्टमले त्यसलाई विश्थापित गरिरहेको छ । यसैको फलस्वरुप आजको विश्व एक ढिक्का बन्न पुगेको छ । अझ ईन्टरनेटको विकासक्रम स“गै विश्वका कुनैपनि विधाको यात्रा सेकेन्डभर मै सम्भव हुन पुगेको छ । मानव जिवन तथा प्रकृति स“ग सम्वन्धित प्राय सम्पूर्ण कार्य यसको सहयोग स्वरुप सरल र सहज बन्न पुगेको छ ।

विगत केहि समय सम्म ईन्टरनेटको सेवालाई केवल संचार माध्यमको रुपमा उपयोग गरिएता पनि हाल आएर यसको प्रयोग विशाल बन्दै गएको छ । हिजोको दिनसम्म कम्प्युटर संचालनको निमित्त एउटा छुट्टै हार्डवेयर तथा सफ्टवेयर प्याकेजको आवश्यकता पर्दथ्यो भने कम्प्युटर तथा ईन्टनेटको विकासक्रम स“गै यसको प्रयोगमा नया“ प्रविधिको विकास भएको छ जसलाई क्लाउड कम्प्युटिड्डको नाम दिईएको छ ।

साधारण शब्दमा भन्नुपर्दा क्लाउड कम्प्युटिड्डको अर्थ ईन्टरनेटको माध्यम द्वारा प्राप्त हुने कम्प्युटर संचालनको निमित्त आवश्यक पर्ने आधारभूत हार्डवेयर बाहेकका सम्पूर्ण ईन्फ्रास्ट्रकचर, प्लेटफर्म या प्रोग्रामहरुको प्रयोग गरी एकै समयमा विश्वका लाखौं प्रयोगकर्ताहरुले कम्प्युटर स“ग सम्वन्धित कार्यहरु सम्पादन गर्नु भन्ने बुभिन्छ । यसमा विना हार्डडिस्क कुनैपनि डाटा तथा प्रोग्रामलाई प्राप्त गरी उपयोग गर्न सकिन्छ र उपयोग पश्चात आएका परिणामहरुलाई समेत अनलाईन मार्फत प्राप्त हुने स्पेस यानिकी ड्राईभमा सुरक्षित गरेर राख्न सकिन्छ । यसको सहज प्रयोगको लागि भने द्रुत गतिको ईन्टरनेट सेवाको आवश्यकता भने जरुरत हुन्छ । यसले तपाईंलाई आवश्यक पर्ने कुनैपनि संरचना (ईन्फ्रास्ट्रकचर), प्लेटफर्म तथा सफट्वेयरहरु भर्चुअल हार्डवेयर मार्फत सहज रुपले उपलब्ध गराउंदछ ।

क्लाउड कम्प्युटिड्डको प्रयोग दुई तरिकाबाट गर्न सकिन्छ । सार्वजनिक तथा निजी । सार्वजनिक क्लाउड कम्प्युटिड्डको सेवा विश्वका विभिन्न ठूला ठूला क्लाउड कम्प्युटिड्ड सेवा प्रदायक संस्थाहरु (जस्तो माईक्रोसफ्ट, गुगल, भिएमवेयर आदि) ले सार्वजनिक प्रयोगको लागि उपलब्ध गराएका हुन्छन भने निजी क्लाउड कम्प्युटिड्डको सेवा कुनै निश्चित संस्था वा व्यक्तीले मात्र प्रयोग गर्न मिल्ने गरि उपलब्ध गराईएका हुन्छन । सार्वजनिक क्लाउड कम्प्युटिड्डको सेवा तपाईं हामि जो कोहिले पनि एक निश्चित शुल्क तिरेर वा निशुल्क रुपमा प्रयोग गर्न सक्दछौं भने निजी क्लाउड कम्प्युटिड्डको प्रयोग भने आफ्नो आवश्यकता अनुसार लिन सकिन्छ ।

क्लाउड कम्प्युटिड्डबाट चार प्रकारले सेवा लिन सकिन्छ ।
१) आईएएएस (ईन्फ्रास्ट्रक्चर एज अ सर्भिस)
यस अन्तर्गत तपाईंलाई आवश्यक पर्ने विभिन्न भर्चुअल मेशिनहरु, सर्भरहरु, स्टोरेज मेडिया, नेटवर्क आदि पर्दछन ।
२) पीएएएस (प्लेटर्फम एज अ सर्भिस)
यस अन्तर्गत विभिन्न अपरेटिड्ड सिस्टम, डाटाबेस, वेब सर्भर, डेभलप्मेन्ट टुल्सहरु आदि पर्दछन ।
३) एसएएएस (सफ्टेयर एज अ सर्भिस)
यस अन्तर्गत विभिन्न एप्लिकेसनहरु, भर्जुअल डेक्सटप, ईमेल, गेम्स तथा संचार स“ग सम्वन्धित प्रोग्रामहरु पर्दछन ।
जस्तो तपाईंलाई कुनै माईक्रोसफ्ट अफिसको सफ्टवेयर आवश्यकता छ तर उक्त सफ्टवेयर धेरै नै महड्डो छ भने त्यसको सट्टामा माईक्रोसफ्ट अफिस ३६५ प्रयोग गर्न सक्नुहुनेछ जसलाई माईक्रोसफ्ट कर्पोरेशनले क्लाउड कम्प्युटिड्डको सेवा अन्तर्गत उपलब्ध गराएको छ जुन छुट्टै सफ्टवेयर भन्दा धेरै सस्तो पर्दछ ।
४) एनएएएस (नेटवर्क एज अ सर्भिस)
यस अन्तर्गत विभिन्न नेटवर्कहरु जसमा मल्टिपल युजरहरुले एकै समयमा एउटै रिसोर्सेसहरुको प्रयोग गरी आफ्नो कार्य सम्पादन गर्न सक्दछन । भर्चुअल प्राईभेट नेटवर्क, व्याण्डविथ् अन डिमाण्ड यसका उदाहरणहरु हुन ।

क्लाउड कम्प्युटिड्डका फाईदाहरुः
१) कम खर्चिलो (साधन, श्रोत)
२) अनलिमिटेड स्टोरेज
३) व्याकअप एण्ड रिस्टोर
४) सुरक्षित (प्राईभेट क्लाउडिड्ड)
५) झन्झट बाट मुक्ति
६) लचिलो
७) अटोमेटिक अपडेट
८) सजिलै स“ग प्राप्त गर्न सकिने
यसरी तपाईंले आफ्नो आवश्यकता अनुसार जे सुकै पनि जतिवेला र जहा“सुकै बाट पनि क्लाउड कम्प्युटिड्डक मार्फत प्राप्त गरी आफ्नो कार्यलाई सहज रुपमा सम्पादन गर्न सक्नुहुनेछ । न त हार्डडिस्क बिग्रिएर डाटा हराउला भन्ने पिर न त सफ्टवेयर किनिरहनु पर्ने झन्झट ।

Author: Hemanta Baral

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here