भारतीय बजारमा ‘इन्ट्री गर्न’ २-२ अर्ब लगानी गर्दै नोकिया र ब्लाकबेरी

विश्वको दोश्रो ठूलो जनसंख्या भएको देश भारत विश्वका जुनसुकै उत्पादक कम्पनीहरुका लागि पनि निकै महत्वपूर्ण बजार हो भन्नेमा दुईमत छैन । यहीँ तथ्यलाई मध्यनजर गर्दै टेक्नोलोजी ब्राण्ड नोकिया र ब्लाकबेरीले भारतीय बजारमा पुनः प्रवेशका लागि ठूलो लगानी खन्याउने भएका छन् ।

समाचार अनुसार भारतीय बजारमा धमाकेदार इन्ट्री गर्नका लागि नोकिया र ब्लाकबेरीले २-२ अर्ब भारु लगानी गर्ने योजना बनाएका छन् ।
आफ्ना नयाँ प्रडक्ट सहित भारतीय बजारमा प्रवेश गर्न लागेका यी दुबै कम्पनीले आफ्नो ब्राण्डको पूरानो याद भारतीय उपभोक्ताहरुमा पुनर्ताजगी गराउन चाहन्छन् ।

त्यस्तै भारतमा ब्लाकबेरी ब्राण्डको लाइसेन्स प्राप्त कम्पनी अप्टिमस ग्रुपले पनि ब्राण्डको रिलञ्चका लागि २ सय करोड भारु खर्च गर्नेछ । कम्पनीका अधिकारीका अनुसार ब्लाकबेरी ब्राण्डले सुरुमा व्यवसायिक ग्राहकहरुलाई लक्षित गर्नेछ र बजार विस्तार गर्नुअघि खुद्रा चेनहरुका लागि प्रडक्ट बेच्नेछ । ब्लाकबेरीले ४० हजार भारु भन्दा कम मूल्यको फोन आउँदो महिना लञ्च गर्नेछ भने जुलाई २० हजार भारु भन्दा कम मूल्यको स्मार्टफोन ब्लाकबेरीले ल्याउनेछ ।नोकिया ब्राण्डको लाइसेन्स प्राप्त फिनिस कम्पनी एचएमडी ग्लोबलले मे महिलाको अन्त्यसम्ममा आफ्नो आइकनिक फिचर फोन ३३१० लञ्च गर्नेछ भारतीय बजारमा । कम्पनीले यो मोडेलको सिमित संख्यामा मात्र फोन बेच्नेछ र यसलाई ब्राण्डमार्फत हलचल पैदा गर्ने रणनीतिका रुपमा उपयोग गर्नेछ । नोकियाले अन्य तिनवटा स्मार्टफोनका मोडल पनि लञ्च गर्न चाहेको छ ।

नोकिया र ब्लाकबेरी यस्तो समयमा भारतमा पुनः प्रवेश गर्ने कोसिसमा छन् जतिबेला बजारमा सामसुङका साथै ओप्पो, शाओमी, लेनोभो, मोटोरोला तथा जिओनी जस्ता चाइनिज ब्राण्डको दबदबा रहेको छ । सामसुङ तथा चाइनिज ब्राण्डका स्मार्टफोनहरु समेत गरी भारतीय स्मार्टफोन बजारमा ७० प्रतिशत हिस्सा ओगटेका छन् ।

नोकियाले भारतीय बजारमा मार्केटिङ गर्दा आफ्नो प्रडक्टको मजबूती तथा टिकाउपनलाई मूख्य अस्त्र बनाउनेछ । जबकी ब्लाकबेरीको जोडचाहीँ स्मार्टफोन सेक्योरिटीमा रहनेछ । उता चाइनिज ब्राण्डहरुले चाहीँ बढ्दो सेल्फी क्रेजलाई क्यास गरिरहेका छन् ।

एजेन्सी

२०७४ वैशाख २६ गते ११:५९ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here