“प्रकाशनले ज्ञान र विश्वविद्यालय को गरिमा बढाउँछ” उपकुलपति

मिति – २०७३।१२।३१

कान्तिपुर सिटी कलेजको बीबीए २०१२ ब्याचका विद्यार्थीहरूद्वारा निकालिएको म्यानेजमेन्ट स्कलर म्यागेजिनको पाँचौँ अङ्क बिहीबार एक कार्यक्रम बीच पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.घनश्याम लाल दासले विमोचन गर्नु भएको छ।

विमोचन पछि कार्यक्रमलार्इ सम्बोधन गर्नु हुँदै उपकुलपति प्रा. डा. दास ले यस किसिमका प्रकाशनले विद्यार्थीको ज्ञान अभिवृद्धि हुने र भावी जीवनमा उपयोगी सीप विकास हुने बताउनुभयो।यस कार्यले विश्वविद्यालयको समेत गरिमा बढाउने र आफू यस कार्यक्रममा आउँदा खुशी लागेको बताउनु भयो।

त्यसैगरी, कार्यक्रममा सभापतिका रूपमा कलेजका संस्थापक अध्यक्ष हेमन्त शमशेर राणाले आफू यस  कार्यबाट निकै उत्साहित भएको र यस प्रकाशनबाट आर्जित ज्ञान र सीप विद्यार्थीहरूलार्इ जीवन भर काम लाग्ने बताउनु भयो।

सो म्यागेजिनमा व्यवस्थापन विषयका विद्यार्थीहरूलार्इ उपयोगी हुने खालका विविध क्षेत्र र दृष्टिकोणका ३० वटा लेखहरू सम्मिलित छन्।त्यसैगरी, सो म्यागेजिनमा विविध सामाजिक कार्य गर्दै आएका चर्चित कलाकार द्वय धुर्मुस, सुन्तलीको र युवा उद्यमी अनिल पराजुलीको अन्तर्वार्ता पनि सङ्कलित छ।

कार्यक्रममा म्यागेजिन बारे बोल्नु हुँदै प्रा. रामकृष्ण रेग्मी ले यसले विद्यार्थी प्रकाशनमा केही भएपनि विशेषम हत्त्व राख्ने बताउनुभयो। कलेजका प्रबन्ध निर्देशक प्रल्हाद कार्की ले यसबाट विद्यार्थीहरू को सीप विकास मा मद्दत पुग्ने बताउनु भयो।त्यसै गरी, कलेजका  का. मु. प्रधानाध्यापक राजु कट्टेलले यस प्रकाशनको अभ्यास आफ्नो व्यावसायिक जीवनमा पनि काम लाग्ने उदाहरण देखेको बताउनु भयो।

उक्त म्यागेजिनमा सम्पादक विनिशा शर्मा, अजय तम्ला, पप्पु कुमार जैशवाल, संयोजकमा विमल घिमिरे र विनिता खत्री, कोषाध्यक्ष मा सन्दीप बस्नेत, बजार व्यवस्थापन माअजय तम्ला, एलिशा पोखरेल, अस्मिता तिमल्सिना, चन्द्रकला रिजाल, सेलिचा के.सी., उरुशा बुढामगर र सदस्यमा दीपेन्द्र कुमार यादव, रूपलाल बुढाथोकी र सञ्जु के.सी.छन्।म्यागेजिनको सल्लाहकार समितिमा दिनेश बस्नेत, राजु कट्टेल, शालिग्रामअर्याल, पुजा पोखरेल तथा फोटोग्राफर सुसन श्रेष्ठ छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here