बन्दैछ बुढापाकालाई स्याहारसुसार गर्ने ‘पेप्पर’ रोबोट

बन्दैछ बुढापाकालाई स्याहारसुसार गर्ने 'पेप्पर' रोबोट

उमेरको एक क्षण पार गरेपछि हरेक मानिसले अरुको सहारामा बाँच्नुपर्ने  हुन्छ भने बुढाबुढीलाई स्याहार्न उनीहरुका सन्तान र अस्पतालका कर्मचारीलाई सजिलो हुँदैन ।यही कुरालाई ध्यानमा राखेर एउटा अन्तर्राष्ट्रिय टीम यस्तो रोबोट बनाउन जुटेको छ, जसले बुढापाकाहरुलाई स्याहारसुसार गर्नेछ । जापान र युरोपेली संघको २० लाख पाउन्डको यो परियोजना अघि बढाइएको हो । यसरी बनाउन लागिएको रोबोट सांस्कृतिक र संवेदनशील हुनेछ । परियोजनामा जोडिएका जानकार व्यक्तिहरुका अनुसार यी रोबोटबाट बुढापाकाहरुका लागि बनाइएका केयर सेन्टर, आवास तथा आश्रमहरुको दवाव घट्नेछ ।

पेप्पर नामको यो रोबोटलाई मानिसजस्तै देखिनुका साथै मानिसकै जस्तो व्यवहार गर्दछ । उक्त रोबोटले बुढापाकाहरुलाई औषधि खुवाउने, पानी दिने र उनीहरुका दैनिक कामहरुमा सघाउने गर्छ ।यो रोबोटलाई संवेदनशील बनाउन बि्रटेनको मिडलसेक्स यूनिभर्सिटी र बेडफोर्डशर युनिभर्सिटीका सोधवैज्ञानिहरुले सहयोग गरिरहेका छन् । परियोजनामा सहभागी प्रोफेसर आइरीना पेपेडोपुलस भन्छिन्, ‘आजकाल मानिसहरुको उमेर बढेको छ र जसले गर्दा स्वास्थ्यसँग जोडिएका समस्या पनि बढिरहेका छन् । यदि पाका व्यक्तिहरुलाई सहयोग गर्ने बुद्धिमान रोबोट बनाउन सकियो भने यसले केयर होम र अस्पताललाई दवाव कम हुनेछ ।’पेप्पर रोबोटलाई सफ्टब्याक रोबोटिक्स नामको कम्पनीले बनाइरहेको छ । यसलाई जापानका हजारौं घरमा प्रयोग गरेर देखाइसकिएको छ । यस्तै मिल्दाजुल्दा रोबोट पहिलेदेखि नै जापानका अस्पतालमा बिरामीलाई उठाउने र खाना पस्किने जस्ता काममा प्रयोग भइरहेका छन् ।

‘कम्पनीले यस्तो संसार बनाउन चाहन्छ, जहाँ मानिस र रोबोट साथ-साथ रहन सकुन् र स्वस्थ, सुरक्षित र सुखी जीवन बिताउन सकुन् ’ भन्ने भनाइ कम्पनीका मुख्य वैज्ञानिक अमितकुमार पाण्डेको छ। कम्पनीका कार्यकारी अध्यक्ष डा. सञ्जीव कानोरियाका अनुसार बुढापाकालाई हेरविचार गर्ने कर्मचारीहरुलाई सहयोग गर्ने काममा क्रान्ति नै आओस भन्ने कम्पनीले चाहेको छ । उनी भन्छन्, ‘रोबोटले ती व्यक्तिहरुलाई सहयोग गर्न सक्छ जो घरमा वा आश्रममा बुढापाकाहरुको स्याहार गर्छन् ।’परियोजनाको अन्तिम वर्षमा यो रोबोटलाई बेलायतको एडवीनिया हेल्थकेयरको केयर होममा परिक्षण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here