सर्च इन्जिन अप्टिमाइजेसन (SEO) को जानकारीमुलक सामग्री, प्रशिक्षक सर्च इन्जिन अप्टिमाइजेसन

Bharatraj Upreti (ICT Journalist)

सन् २००८ देखि सूचना प्रविधिमा आफ्नो करिअर सुरु गरेका खतिवडा अहिले फ्रिलेन्सर सर्च इन्जिन अप्टिमाइजेसनका विज्ञ अन्र्तगत चिनिन्छन् व्यवसायिक रुपमा सर्च इन्जिन अप्टिमाइजेसन सम्बन्धी लामो समयदेखि अनुभव ज्ञान हासिल गर्दै आएका प्रकाश खतिवडा आफूलाई सर्च इन्जिन अप्टिमाइजेसको विज्ञ भन्दा पनि विज्ञता हासिल गर्दै गरेका युवा आइटी पुस्ताभित्रको आइटी पत्रकार सर्च इन्जिन अप्टिमाइजेसनका प्रशिक्षक भन्न रुचाउछन् खतिवडासँगको कुराकानीका आधारमा तयार पारिएको वेभ टेक्नोलोजीभित्रको महत्वपूर्ण पाटो रहेको सर्च इन्जिन अप्टिमाइजेसन के हो सर्च इन्जिन अप्टिमाइजेसन (SEO)  को जानकारीमुलक सामग्री यहाँ प्रस्तुत गरिएको

seminar in seo nepal

प्रकाश खतिवडा

प्रशिक्षक, सर्च इन्जिन अप्टिमाइजेसन

नेपालमा सूचना प्रविधि क्षेत्रको सम्भाव्यता सँगै लगानीका अवसरहरु बढेर गएको छ । युवा पुस्ताहरु आइटी शिक्षामा आकर्षित बन्दै गएका छन् भने सूचना प्रविधि स्वदेश तथा विदेशमा रहेर दक्षता र विज्ञता हासिल गर्दै छन् । चुनौतीलाई सामना गर्दै आइटीलाई अवसरको रुपमा परिभाषित गर्दै छन् आजका युवा पुस्ताहरु । रोवोट बनाउने, हेलिकप्टर निर्माण गर्ने, सफ्टवेयर, मोबाइल एप्प आदिमा आफ्नो करिअर खोज्दै गर्दा नेपाली युवा पुस्ता अहिले वेभ टेक्नोलोजीको क्षेत्रमा आफुलाई दक्ष बनाउन लागि परेका छन् । वेभ टेक्नोलोजीभित्रको महत्वपूर्ण पाटो रहेको सर्च इन्जिन अप्टिमाइजेसन अहिलेको युवा पूस्ताको रोजाई बन्दै छ । पछिल्लो समय सरकारको सूचना प्रविधि नीति, अनलाइन मिडियाको विकासक्रम, सूचना प्रविधिमा नीजि क्षेत्रको लगानी बढ्दै जादा सर्च इन्जिन अप्टिमाइजेसन अबको अवसर बन्ने पक्का छ । यसै कुरालाई मनन गरेर वेभ टेक्नोलोजीलाई लगानीको अवसर बनाउन र कुनै पनि वस्तु तथा उत्पादन र सेवाको वेभ कन्टेन्टलाई सर्च इन्जिनमा नम्बर १ मा ल्याउनमा नेपाली युवा पुस्ताहरु एक पछि अर्को गर्दै एससिइओमा व्यवसायिक रुपमा चिनिन थालेका छन् । कोल्ड फिट एड्भेन्चर नेपाल ट्रेकिङ्ग प्रा.लि.का फाउण्डर उत्तम बहादुर अधिकारी “गोपी” को प्रेरणामा सर्च इन्जिन अप्टिमाइजेसन टेडिङ्गको कक्षा लिएका खतिवडालाई नेपालमा वेभ टेक्नोलोजीको बढ्दो विकासक्रमले त्यस क्षेत्रमा थप दक्षता र विज्ञता हासिल गर्न भूमिका खेल्यो । सर्च इन्जिनको बादशाह गुगलमा आफ्नो वेभ कन्टेन्टलाई कसरी टप टेनभित्र राख्ने भन्ने अहिलेको वेभ टेक्नोलोजीका लगानीकर्ताहरुलाई चिन्ता छ तर थाहा छैन यो कुरा सर्च इन्जिन अप्टिमाइजेसन टुल्सले सत् प्रतिशत रिजल्ट दिन्छ भन्ने ।

seo seminar nepal

 नेपालमा वेभ डिजाइन र कोडिग गर्ने राम्रा वेभ इन्जिनियरहरु छन् तर ती सबैलाई थाहा छैन, आफूले बनाएको वेभ टेक्नोलोजीभित्र पोष्ट हुने वेभ कन्टेन्टहरु सर्च इन्जिनमा ल्याउनका लागि एकैपटक वा पटक पटक गरी अप्टिमाइजेसन टेक्नोजोजी प्रयोग गर्नुपर्छ भन्ने बारे । वेभ टेक्नोलोजी एउटा यस्तो टुल्स हो जसले इन्टरनेटमा त्यसलाई लाइभ गर्दछ तर त्यस वेभ टेक्नोलोजीभित्र सर्यौ सर्च इन्जिन अप्टिमाइजेसनका टुल्स या की वोर्डहरु हुन्छन् जसलाई खेलाउन सर्च इन्जिन अप्टिमाइजेसनमा दक्षता र विज्ञता भएकाहरुले मात्र गर्न सक्छन् । सर्च इन्जिन अप्टिमाइजेसनका मुख्य दुई टुल्सहरु प्रयोगमा छन्, ह्वाइट ह्याट सर्च इन्जिन अप्टिमाइजेसन र ब्ल्याक ह्याट सर्च इन्जिन अप्टिमाइजेसन । जसमध्ये ह्वाइट ह्याट सर्च इन्जिन अप्टिमाइजेसन टुल्स फ्रेण्ड्ली र रिजल्ट ओरेन्टेट छ र यसकै प्रयोग सर्च इन्जिनका लागि वेभ टेक्नोलोजीमा प्रयोग हुदै आएको छ भने ब्ल्याक ह्याट सर्च इन्जिन अप्टिमाइजेसन भने वेभ र्याक्स बढाउन र प्राक्टिसका लागि मात्र प्रयोग गर्ने गरिएको बताउँछन् खतिवडा । ब्ल्याक ह्याट सर्च इन्जिन अप्टिमाइजेसनको प्रयोग धेरै गर्दा गुगल सर्च इन्जिनले ब्ल्याक लिष्टमा समेत वेभसाइटलाई राख्न सक्ने हुदा आफ्नो वेभसाइटमा सर्च इन्जिन अप्टिमाइजेसनका दक्ष र विज्ञ कन्सलटेन्टको प्राविधिक सहयोग लिनु आइटीको प्रयोगमा बुद्धिमानी अपनाउनु मात्र होइन, आफ्नो वेभ साइट र यस भित्रको कन्टेन्टलाई गुगल सर्च इन्जिनमा नम्बर वान् पोजिसनमा सधै देखाउन सक्नु हो । सूचना प्रविधि एक क्षेत्र हो भने वेभ यसभित्रको महत्वपूर्ण पाटो हो । इन्टरनेटको विकासक्रम र प्रयोगकर्ताको पहुँचले विश्व माउसको क्लीकमा घुमिरहेको छ । शिक्षा आर्जन गर्न होस्, या व्यवसाय सञ्चालन किन नहोस् यसको लागि व्यवस्थापनको भूमिका आवश्यक छ । व्यवस्थापनभित्र पनि बजारको माग अनुसार काम गर्नुपर्ने हुन्छ । अहिले कुनै पनि क्षेत्रको व्यवसाय प्रवद्र्धनको लागि वेभ तथा सोसल मिडिया बिना असम्भवसिद्ध जस्तै भइसकेको छ । इकमर्शको प्रविधिले कुनै वस्तु तथा उत्पादनको सेवाको बजारका लागि जति सहज भएको छ, त्यति यसको मुख्य पाटोको पहिचान गर्न नसक्दा सोचे जति इकमर्शको बजार बिस्तार हुन सकेको छैन भने लगानीको प्रतिफल पनि कम हुन्छ । अत यी सबै कुराको एउटै आइटी टुल्स भनेको छ सर्च इन्जिन अप्टिमाइजेसन ।

त्यसैले तपाई पनि आफ्ना उत्पादन सेवाहरुको अनलाइन प्रमोसन र सर्च इन्जिनमा नम्बर वान बनाउन चाहनुहुन्छ भने सर्च इन्जिन अप्टिमाइजेसनमा दक्षता र विज्ञता हासिल गरेका व्यक्तिसँग आजै व्यवसायिक रुपमा परामर्श लिनुहोस् ।