टेलिकमको डाटा प्याकेजमा बिभिन्न अफर,

काठमाडौं । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई नेपाली नागरिकले टेलिफोन सेवा उपलब्ध गराएको १ सय वर्ष पूरा भएको अवसरमा बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन देखि शुरु भएको कम्पनीको यो प्रर्वद्धनात्मक अफर साउन २८ गतेसम्म कायम रहने छ ।

कम्पनीले अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सिडिएमए सेवा, फोरजी डाटा प्याकेज जिएसएम सेवाका ग्राहकहरु यस्तो अफर ल्याएको हो ।उक्त अफरमा फोरजी डाटा प्यकेाज अन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी १ सय रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ । यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्नेछ ।

त्यस्तै ५० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय २५ एमबी डाटा, १ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा, २ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८ सय ५० एमबी डाटा र ३ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ हजार ५ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

५० रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी २ सय ३० एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा र २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १ हजार १ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

अल टाइम डेटा प्याक अन्तर्गत स्मल डेटा प्याक (रु.२५ र रु.५०) पनि थप गरिएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ ।

साथै नाइट डाटा प्याकेज अन्तर्गत २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६.५ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म तीस दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ ।

फेसबुक तथा इन्स्टाग्राम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी १ सय १० एमबी डाटा उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *