याङ्गो राइडले ल्यायो ‘प्यासेन्जर प्रोफाइल ब्याज’ सुविधा: चालक र यात्रु दुवैको सुरक्षा सुदृढ हुने
१० जेठ, काठमाडौं।
विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रुप अन्तर्गतको Yango Ride ले नयाँ “कम्पिलिटेड प्यासेन्जर प्रोफाइल ब्याज” सुविधा सुरु गरेको छ। अब यात्रुले आफ्नो प्रोफाइल पूरा गरेपछि वहाँको ब्याज चालकलाई राइड स्वीकार गर्नुअघि नै देखिनेछ। यसले चालकलाई यात्रुबारे बढी विश्वास गर्न मद्दत गर्नेछ।
दुवैतर्फको विश्वास र सुरक्षामा जोड
याङ्गो राइड का अनुसार, प्रारम्भिक सर्वेक्षणमा धेरै चालकहरूले ब्याज भएका यात्रुको राइड स्वीकार गर्दा आफूलाई अझ सुरक्षित र विश्वस्त महसुस गरेको बताएका छन।
यात्रुका लागि पनि प्रोफाइल पूरा गर्ने प्रक्रिया सजिलो बनाइएको छ। प्रोफाइल पूरा गरेपछि उनीहरूले प्लेटफर्ममा विश्वसनीय यात्रुको रूपमा देखिने ब्याज प्राप्त गर्नेछन्।
याङ्गो नेपालका कन्ट्रि मेनेजर सन्तोष पाण्डेले भन्नुभयोः
“राइड–हेलिङ सेवामा विश्वास केवल एकतर्फी हुँदैन। चालक र यात्रु दुवैलाई सुरक्षित महसुस हुनु आवश्यक छ। यो ब्याजले चालकलाई राइड स्वीकार गर्नुअघि नै स्पष्ट र भरपर्दो संकेत दिन्छ, जसले प्लेटफर्ममा सकारात्मक परिवर्तन ल्याउँछ।”
यो सुविधा याङ्गो राइडको सुरक्षा प्रणाली अन्तर्गत थपिएको नयाँ उपाय हो। याङ्गो राइड मा हाल २५ भन्दा बढी सुरक्षा सुविधाहरू उपलब्ध छन्, जसमा रियल–टाइम रुट मोनिटरिङ, ड्राइभिङ शैली पहिचान, एस् ओ एस् सुविधा, र विश्वस्त व्यक्तिसँग रुट शेयर गर्ने सुविधा समावेश छन्।
For more: Yango Ride Passenger Account Badge


