ट्रिप टर्बो र अगोडा बीच साझेदारी: अब नेपाली मुद्रामै अन्तर्राष्ट्रिय होटल बुकिङ गर्न सकिने
१० जेठ, काठमाडौं।
नेपालको सबैभन्दा धेरै डाउनलोड गरिएको ट्राभल एप Trip Turbo ले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडा (Agoda) सँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। यस सहकार्यसँगै नेपाली यात्रुहरूले अब विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै नेपाली मुद्रामा सहज रूपमा बुक गर्न सक्नेछन् ।
यस साझेदारी मार्फत Trip Turbo प्रयोगकर्ताहरूले Agoda को विश्वव्यापी होटल नेटवर्कमा पहुँच पाउनेछन्, जहाँ विश्वभरका लाखौं होटल तथा आवास सेवाहरू उपलब्ध छन् ।
Agoda को अन्तर्राष्ट्रिय पहुँच र Trip Turbo को नेपाली बजारप्रतिको गहिरो बुझाइलाई संयोजन गर्दै यात्रुहरूलाई सहज, सुरक्षित तथा विश्वासिलो बुकिङ अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ ।
हालका वर्षहरूमा नेपालीहरूको अन्तर्राष्ट्रिय यात्राप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको सन्दर्भमा यो सहकार्यलाई नेपालको डिजिटल ट्राभल क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । अब प्रयोगकर्ताहरूले एउटै प्लेटफर्मबाट घरेलु तथा अन्तर्राष्ट्रिय यात्रा सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
ट्रिप टर्बोको बारेमा
ट्रिप टर्बो नेपालको सबैभन्दा ठूलो अनलाइन ट्राभल मार्केटप्लेस हो। सन् २०२१ मा स्थापना भएको ट्रिप टर्बोले आधिकारिक रूपमा सन् २०२४ को सेप्टेम्बरमा आफ्नो मोबाइल एप लन्च गरेको थियो।
एन्ड्रोइड, आईओएस, र वेबमा उपलब्ध ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान टिकट, बस टिकट, अन्तर्राष्ट्रिय होटल, २००+ इनडोर र आउटडोर एक्टिभिटीहरू, र ओभरनाइट स्टे सेवा प्रदान गर्दछ । सार्वजनिक भएको छोटो अवधिमै एपले Android र iOS दुवै प्लेटफर्ममा कुल डाउनलोड संख्या ५ लाख नाघिसकेको छ ।
अगोडाको बारेमा
डिजिटल ट्राभल प्लेटफर्म Agoda (अगोडा) ले संसारभरका ६० लाखभन्दा बढी होटल तथा होलिडे प्रोपर्टीहरूमा सुलभ सेवा प्रदान गर्दै आएको छ ।
यात्रुहरूलाई सहज बुकिङ अनुभव प्रदान गर्न Agoda.com तथा यसको मोबाइल एप ३९ भाषामा उपलब्ध छन् भने कम्पनीले २४ सै घण्टा ग्राहक सहायता सेवा समेत प्रदान गर्दै आएको छ ।
सिङ्गापुरमा मुख्य कार्यालय रहेको Agoda, Booking Holdings अन्तर्गत सञ्चालन हुँदै आएको छ र हाल विश्वभर यसका ७,५०० भन्दा बढी कर्मचारीहरू कार्यरत छन् ।
Agoda को B2B विभागले होटल, फ्लाइट तथा एक्टिभिटी सेवा प्रदायकहरूलाई संसारभरका ग्राहकहरूसँग जोड्ने गर्दछ । साथै, यसको “Rocket Travel by Agoda” साझेदारी कार्यक्रममार्फत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डहरूले आफ्नै ट्राभल प्लेटफर्म तथा लोयल्टी कार्यक्रम सञ्चालन गर्न सक्ने सुविधा प्राप्त गर्छन् ।
For more: Trip Turbo Partners Agoda


