मंसिर २२, २०७६ काठमाडौं ।
मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले जाडो याममा तात्तातो हिटरनेट अफर ल्याएको छ । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा विभिन्न अफरहरु ल्याउँदै आएको कम्पनीले ग्राहकको यसपालीको हिँउदलाई मध्यनजर गरेर ल्याएको तात्तातो अफर अन्र्तगत १७५०० रुपैयाँमा ४० एमबिपीएसका सम्पूर्ण वार्षिक ग्राहकहरुका लागि सिजी ब्राण्डको ब्लोअर हिटरका साथै एक वर्षको नेटटिभी सेवा निशुल्क प्रदान गर्ने छ ।
यस अफरमा ग्राहकहरुले रु.१०४९० (कुल शुल्कको ३७%) बराबरको ब्लोअर हिटर र नेटटिभीको सुविधा निशुल्क प्राप्त गर्नेछन् ।
यो अफर वल्र्डलिंकका नँया तथा पूराना सबै ग्राहकहरुका लागि लागू गरिएको कम्पनीले जनाएको छ । साथै वल्र्डलिंकका अरु प्याकेजका ग्राहकहरुले पनि न्युनतम मूल्यमा सिजी ब्राण्डको ब्लोअर हिटर पाउन सक्नेछन् । यो अफर सिमित अवधिका लागि वल्र्डलिंकको देशभरका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीले दशंको बेला टिभी अफर योजना ल्याएको थियो । उक्त योजनालाई पनि ग्राहकले धेरै रुचाएका थिए ।