काठमाडौं, मंसिर २३
कम्प्यूटर बिज्ञान तथा सूचना प्रविधि एसोसिएशन अफ नेपाल (CSITAN), स्टूडेन्ट एसोसिएशन अफ कम्प्यूटर साइन्स (SACS) र कम्प्यूटर साइन्स आल्मुनाई एसोसिएशन (CSAA) को संयुक्त बैठकले जारी गरेको विभिन्न मागहरलाई त्रिभुवन विश्वविद्यालयले बेवस्ता गर्दै कुनै पनि किसिमको सूनुवाई नभएको भन्दै आज सोमबार देशब्यापी रुपमा CSIT क्याम्पसहरुमा Pen Down गरी पठन पाठन स्थगित गरिएको छ ।
कम्प्यूटर बिज्ञान तथा सूचना प्रविधि (CSIT विषय त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्ग रहि MSc. CSIT केन्द्रिय विभाग किर्तिपुरमा विगत १८ वर्ष देखि र BSc. CSIT विगत १२ वर्ष देखि विभिन्न आगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा संचालित भईरहेको छ । आगिंक र सम्बन्धन प्राप्त क्याम्पस गरी एक शैक्षिक सत्रमा कम्तिमा २५०० जना विद्यार्थीहरु भर्ना हुन्छन् ।
बिगत लामो समय देखि CSIT मा नितिगत देखि कार्यक्रम कार्यान्वयन र उत्पादित जनशक्तिको बजार व्यवस्थापन लगाएत विभिन्न खाले समस्या रहेको र उक्त समस्याहरु सम्बन्धित निकायमा जानकारी गराउंदा गैह्र जिम्मेवार पूर्ण जवाफ दिने र पन्छिने प्रविति रहि आएको, पछिल्लो समयमा लोक सेवा आयोग र सरकारी संघ संस्थानहरुमा सूचना प्रविधिका विभिन्न तहका पदहरुमा कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अध्ययन गरेका विद्यार्थीलाई योजनाबद्द तरिकाले अवसरबाट बञ्चित गर्ने उदेश्यले काल्पनिक रुपमा अनेक बखेडा खडा गरि केहि तत्वले विभिन्न क्षेत्रमा CSIT लाई योग्यताको सुचिबाट नै हटाएको छ ।
हजारौं विद्यार्थी र उत्पादित दक्ष जनशक्ति माथि निर्मम ढंगबाट प्रहार हुँदा सम्बन्धित निकाय मौन बस्नु र जानकारी गराउँदा वेवास्ता गर्नु आफैंमा निन्दनिय छ। साथै त्रि.वि. सेवा आयोगद्वारा संचालित कम्प्युटर विज्ञान विषयको २०७६ मंसीर २ र ३ गतेका दिन संचालित उप प्राध्यापक पदको परिक्षामा सेवा आयोग द्वारा निर्मित पाठ्यक्रमको ग्रीड बाहिर गएर प्रश्न पत्र सोधिनु जस्ता कार्यले गर्दा आज देशब्यापी रुपमा CSIT क्याम्पसहरुमा पठन पाठन स्थगित गरिएको हो ।