विश्व दूरसञ्चार र सूचना समाज दिवस आज मनाइँदै

world telecommunication day 2023

३ जेठ, काठमाडौं ।

विश्व दूरसञ्चार र सूचना समाज दिवस नोभेम्बर 2006 मा टर्कीको अन्टाल्यामा अन्तर्राष्ट्रिय दूरसञ्चार संघ पूर्ण अधिकार सम्मेलन द्वारा घोषणा गरिएको एक अन्तर्राष्ट्रिय दिवस हो, जुन प्रत्येक वर्ष मे 17 मा मनाइन्छ।

विश्व दूरसञ्चार र सूचना समाज दिवस अर्थात् विश्व दूरसञ्चार र सूचना समाज दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्र्रियालगायत कार्यक्रम गर्न लागेको जानकारी दिए ।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहान होटेल राजधानीको ¥याडिसनमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ ।

दूरसञ्चारको विकासँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ।

‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here